×
Lagani
Lagani Shiksha gif
नेपाली पात्रो र तोयनाथ पात्रो बीच सहकार्य ‘नेपाली पात्रो’ पञ्चाङ्ग अब अझै शुद्ध र स्पष्ट



विगत १४ वर्ष देखि विश्वभर छरिएर रहेका नेपालीहरुबीच लोकप्रिय, नेपालको पहिलो कम्यूनिटी एप ‘नेपाली पात्रो’ र झण्डै डेढ शताब्दीदेखि पञ्चाङ्ग मार्फत सेवा गर्दै आएको नेपालको पहिलो आधिकारिक सर्वाधिक बिषयले सुसज्जित राष्ट्रिय पञ्चाङ्ग बीच सहकार्यका लागि सम्झौता
भएको छ ।

तोयनाथ पञ्चाङ्ग विगत १३५ बर्षदेखि नेपालमा निरन्तर प्रकाशित हुँदै आएको सर्वाधिक विश्वासिलो पञ्चाङ्ग तथा सजिलो क्यालेण्डर हो । प्रविधिको विकास सँगै एण्ड्रोइड तथा आइफोन जस्ता स्मार्टफोनमा नेपाली प्रयोगकर्ताहरुले खोज्ने प्रमाणित पञ्चाङ्ग साइत, लग्न, चाडबाड तथा तिथी मितीको विश्वस्नीय छापा संस्करण तोयनाथ पञ्चाङ्ग र नेपालीद्वारा नेपालीकै लागि तयार पारिएको मोबाइल एप्लिकेशन ‘नेपाली पात्रो’बीच सहकार्य भएको हो ।

Lagani Shiksha gif
sharehubapk नेपाली पात्रो र तोयनाथ पात्रो बीच सहकार्य ‘नेपाली पात्रो’ पञ्चाङ्ग अब अझै शुद्ध र स्पष्ट

“झण्डै डेढ शताब्दीदेखि निरन्तर वैदिक सनातन पञ्चाङ्गबारे ज्ञान र जानकारी समेटी नेपाली समाजलाई हाम्रो जरोकिलोको महत्व बुझाउन सफल तोयनाथ पञ्चाङ्गसंग विश्वभर छरिएर रहेका नेपाली सनातन पुस्तालाई ‘नेपाली पात्रो’ मार्फत् जोडने सौभाग्य प्राप्त भएकोमा उत्साहित छु । पुरानो पुस्ताको सटिक पञ्चाङ्ग गणितसंग आधूनिक पुस्ता जोडिन पाउनु आफैमा अद्भूत अनुभव हो ।

शताब्दीअघि वहाँहरुसंग उपलब्ध साधन, स्रोत तथा अध्ययनबाट हरेक दिनको सूर्योदय र सूर्यास्त होस या यो दिन यति गते, यति बजेबाट सूर्य अथवा चन्द्र ग्रहण यो स्थानबाट देखिनेछ भन्ने पूर्वानुमानको सटिक नतिजा निकाल्ने हाम्रो आफ्नै मौलिक वैदिक सनातन विज्ञान कति अद्भूत छ भन्ने पुष्टि पनि गर्छ । यो सहकार्यले हाम्रो प्रयोगकर्तालाई क्यालेण्डरमा उपलब्ध शुद्ध र आधिकारिक जानकारीले लाभ दिनेछ ।” नेपाली पात्रोका प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार देवकोटाले बताउनुभयो ।

तोयनाथ पञ्चाङ्गका सम्पादक आदरणीय गुरु सूर्यनाथ पन्तले यस सहकार्यलाई नयाँ र पुरानो पुस्ताबीचको ज्ञान आदान-प्रदानको बहाना मिलेको बताउनुभयो । “हाम्रो वैदिक सनातन ज्ञान असामान्य छ । हामी हरेकदिन प्रकृति, जिवजन्तु, किरा-फट्यांग्रा, भूगोल, चन्द्र-सूर्य र अन्य ग्रहहरुले हामीलाई प्रदान गर्ने अनेक योगदानहरुका कारण यो अमूल्य जीवन बाँचिरहेका छौं । हाम्रो आफ्नै मौलिक सिद्धान्त छ जसले हामीलाई हाम्रो प्राचिन इतिहाससंग जोडिरहेको हुन्छ । र यो वैदिक सनातन पञ्चाङ्ग पनि तिनै सिद्धान्तहरुमध्येको एउटा सिद्धान्त हो जसको जगमा बसेर गुरु तोयनाथले १३५ वर्ष अघि यसलाई ‘तोयनाथ पञ्चाङ्ग’को रुपमा समाजसंग जोड्नु भयो ।

त्यो कालखण्ड देखि अहिलेसम्म नेपाली जनमानसले यस ‘तोयनाथ पञ्चाङ्गलाई’ विश्वास र माया गर्दै आउनुभएको छ । त्यहि विश्वास र मायाको निरन्तरता स्वरुप यूग अनुसार हामीले वर्तमान पुस्तामा क्यालेण्डर र पञ्चाङ्गको डिजिटल स्रोतका लागि सर्वाधिक लोकप्रिय मोबाइल एप ‘नेपाली पात्रो’संग आधिकारिक डिजिटल पात्रोको रुपमा सहकार्य गरेका हौं ।”

नव वर्ष २०८० सालको क्यालेण्डर सहितको तोयनाथ पञ्चाङ्ग समेटिएको अपडेट ल्याउनका लागि अहिले नेपाली पात्रोको प्राविधिक टोलीले कार्य गरिरहेको छ । यही चैत्र महिनाभित्र तोयनाथ पञ्चाङ्ग समेटिएको नेपाली पात्रोको अपडेट सार्वजनिक गर्ने तयारी रहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस