×
Lagani
Lagani Shiksha gif
मोलुङ हाइड्रोपावरको आइपीओ बाँडफाँट मिति सार्बजनिक , १२ लाख बढीको हात खालि हुने।



मोलुङ हाइड्रोपावर कम्पनीको आइपीओ भोलि बाँडफाँट हुने भएको छ।

कम्पनीको आइपीओ बिक्री प्रबन्धक सनराइज क्यापिटलको आफ्नै कार्यालय कमलपोखरी काठमाडौंमा भोलि बिहान १० बजे बाँडफाँट हुने भएको हो । कम्पनीको आइपीओमा १४ लाख ८७ हजार ५८४ जनाले कुल १ करोड ६५ लाख ९० हजार १७० कित्ताको लागि आवेदन दिएका छन् । जुन माग भन्दा ७.३२ गुणा बढीको आवेदन हो ।

Lagani Shiksha gif
sharehubapk मोलुङ हाइड्रोपावरको आइपीओ बाँडफाँट मिति सार्बजनिक , १२ लाख बढीको हात खालि हुने।

माग भन्दा बढी आवेदन परेको हुदा गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुने छ । जसले गर्दा  २ लाख २६ हजार ४६५ जनाले मात्र १० कित्ता सेयर हात पार्नेछन् भनेबाँकी १२ लाख ६१ हजार ११८ जनाको भने हात खालि हुने छ ।

कम्पनीले फागुन ४ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीले जारी पूँजी रू. ८० करोड २५ लाखको १० प्रतिशत अर्थात  रू.  ८ करोड २ लाख ५० हजार बराबरको ८ लाख २ हजार ५०० कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निष्कासन गरेको छ भने २ लाख ७२ हजार ८५० कित्ता वैदेशिक रोजगारीमा गएका नेपालीका लागि र १ लाख ३६ हजार ४२५ कित्ता सामूहिक लगानी कोषका लागि साथै  ५४ हजार ५७० कित्ता शेयर कर्मचारीका लागि निष्कासन गरेको छ। कम्पनीले सर्वसाधारणको लागि २२ लाख ६४ हजार ६५५ कित्ता शेयर निष्कासन गरेको हो।

कम्पनीले ओखलढुङ्गामा ७ मेगावाटको क्षमताको मोलुङ्गखोला जलविद्युत आयोजना निर्माण गरेको छ । कम्पनीले २०७४ चैत १२ गतेदेखि उक्त आयोजनाबाट विद्युत उत्पादन गर्दै आएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस