×
Lagani
Lagani Shiksha gif
फेरि राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति बने रवि लामिछाने



राष्ट्रिय स्वतन्त्र पार्टीले पुनः सभापतिको जिम्मेवारी रवि लामिछानेलाई दिएको छ ।

केन्द्रीय समितिको बैठकले उनलाई सभापतिमा पुन: चयन गरेको हो । सर्वोच्च अदालतले नागरिकता विवादमा दोषी ठहराएसँगै लामिछानेको सांसद, मन्त्री र पार्टी सभापति पद गुमेको थियो ।

Lagani Shiksha gif
sharehubapk फेरि राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति बने रवि लामिछाने

लामिछानेले अमेरिकाको नागरिकताको प्रमाणपत्र त्यागिसकेको र त्यसको निस्सा पाइसकेकाले उक्त निस्सा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बुझाएर प्रक्रिया पूरा गरी नयाँ नागरिकता पाएका छन् ।

अमेरिकाको नागरिकता त्यागेपछि पुनः नेपाली नागरिकताको प्रमाणपत्र नलिइएको भन्दै गत शुक्रबार सर्वाेच्च अदालतको संवैधानिक इजलासको आदेशअनुसार लामिछानेको सांसदसहित उपप्रधान तथा गृहमन्त्रीको पदमा गुमेको थियो । साथै राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद पनि उनले गुमाएका थिए ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस