×
Lagani
Lagani Shiksha gif
निर्माला पन्तको फाइल खोल्ने रविले सालिकराम पुडासैनीको फाइल खोल्लन त ?



२०७६ सावन २० गते राति १० बजेतिर पत्रकार सालिकराम पुडासैनी झुण्डिएको अवस्थामा मृत भेटिएका थिए।

उनको मृत्यु पश्चात एउटा भिडियो सामाजिक साञ्जालभरि भाइरल भयो। उक्त भिडियोमा रवि लामिछानेको कारण आफुले आत्माहत्या गरेको बताएका थिए जसले गर्दा प्रहरीले रवि लामिछाने सहित ३ जनालाई पक्राउ गर्यो। जिल्ला सरकारी वकिल कार्यालयले ५ वर्ष कैद र ५० हजार जरिवाना मागदावी गर्दै जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको थियो ।

Lagani Shiksha gif
sharehubapk निर्माला पन्तको फाइल खोल्ने रविले सालिकराम पुडासैनीको फाइल खोल्लन त ?

उनि निर्दोष छन् भन्दै चितवनवासीले उनलाई रिहा गर्नको लागि सडकमा आन्दोलननै गरे। रविले देश र जनताको लागि काम गरेको भन्दै सोहि आन्दोलनमा अन्य जिल्लाका व्यक्तिहरुपनि जोडिदै गए। प्रहरीले सान्तिपूर्ण आन्दोलन गर्दापनि अश्रु ग्यास र लाठि प्रहार गरिरहेको थियो।

रवि लामिछाने र युबराज कंडेलले आफुलाई विवाह गरि अस्ट्रेलिया पठाइदिने भन्दै अस्मिता सँग चिनजान गराएको र पछि विदेश जाने कुरा नमिलेपछि आफुहरु प्रेम सम्बन्धमा रही संगै बस्दा अस्मिताले हेप्ने गरेको हुदा निज संग टाढा बस्दै आएकोमा पहिला संगै काम गर्दा रवि र युबराजको आर्थिक लेनदेनको बारेमा आफु जानकार रहेकोहुदा रवि र युबराजले आफुले अस्मितालाई बलात्कार गरेको भन्ने कुरा कार्यक्रममा प्रसारण गरि आफ्नो बदनाम गराउन लागेको कुरा थाह पाएपछि आफुले आत्माहत्या गरेको सार्बजनिक भिडियोमा बताइएको छ।

अन्त्यमा जिल्ला अदालत चितवनका न्यायाधीश हेमन्त रावलको इजलासले लामिछाने, युवराज कँडेल र रुकु भन्ने अस्मिता कार्कीलाई सफाइ दियो र लामिछानेलाई ५ लाख , कँडेललाई ३ लाख धरौटी तथा कार्कीलाई साधारण तारेखमा छाडेको थियो । उनीहरुलाई पुडासैनीको आत्महत्याबारे सार्वजनिक रुपमा, टेलिभिजन प्रसारणबाट तथा सामाजिक सञ्जाल फेसबुक लाइभ, ट्टिटर, युट्युव तथा स्वदेशी र विदेशी सार्वजनिक सञ्चारमाध्यमबाट प्रतिक्रिया दिन अदालतले रोक लगाएको छ ।

Screenshot 2023 01 11 100333 निर्माला पन्तको फाइल खोल्ने रविले सालिकराम पुडासैनीको फाइल खोल्लन त ?

आदेश्पर्चाको अंस

तर हाल सम्म पनि यो मुद्धाको छिनोफानो भएको जानकारी सतहमा आएको छैन। यहि चितवनबाट चुनाव जितेर रवि लामिछाने गृहमन्त्रि बनेपछि यो केसको फाइल खोल्ने आस पलाएको छ।

पद बहालीकै दिन निर्माला पन्तको फाइल खोलेका रवि लामिछानेले सालिकराम पुडासैनीको परिवारलाई न्याय दिनेछन भन्ने धेरैले आस राखेका छन्।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


ताजा समाचार
लोकप्रिय
सिफारिस