×
बालेनको टिम ६ -१ गोलले पाराजित



काठमाडौं महानगरपालिकाले २८औं महानगर दिवस सप्ताव्यापरी रुपमा मनाउने क्रममा विभिन्न कार्यक्रम मनाइरहेको छ ।

यही क्रममा आज महानगरले फोहोरलाई कुहिने र नकुहिने छुटट्टयाउन आग्रहसहित र्या‍ली निकालेका छ भने जनप्रतिनिधि र महानगर कर्मचारीबीच फुटबल प्रतियोगिता पनि आयोजना गरेको थियो ।

दशरथ रंगशालमा भएको प्रतियोगितामा जनप्रतिनिधिको टोली पराजित भएको थियो ।  महानगर दिवसको अवसरमा आयोजित प्रमुख ११ र प्रमुख प्रशासकीय अधिकृत ११ बीचको मैत्रीपूर्ण फुटबल थियो यो । प्रमुख ११ मा महानगरका विभिन्न वडाबाट निर्वाचित जनप्रतिनिधिहरु थिए । प्रशासकीय अधिकृत ११ मा चाहीँ महानगरका कर्मचारी र नगर प्रहरीहरु थिए ।

खेलको अन्तिम नतिजामा ६:१ ले प्रमुख प्रशासकीय अधिकृत ११ ले जित्यो ।  महानगर दिवसका अवसरमा काठमाडौं महानगरपालिकाले हरेक वर्ष यस्तो मैत्रिपूर्ण फुटबल खेल आयोजना गर्दै आएको छ ।

काठमाडौं महानगरपालिकाले २९ मंसिरमा महानगर दिवस मनाउँदै छ ।

 

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस