×
Lagani
Lagani Shiksha gif
रविको सरकारलाई प्रश्न : भारतले सिमामा नागरिक मार्दा सरकार किन चुप छ ?



भारतले महाकाली नदीमा नेपाली नागरिक माथि अत्याचार गर्दा सरकार मौन रहेको भन्दै रवि लामिछानेले जवाफ मागेका छन्।

उनले सामाजिक संजालमा स्टातस लेख्दै सरकारलाई प्रश्न गरेका हुन्। सरकारले आफ्नो सिमा जोगाउन, आफ्ना नागरिकलाई सुरक्षा दिन नसकेको भन्दै उनले जवाफ मागेका हुन्।

Lagani Shiksha gif
sharehubapk रविको सरकारलाई प्रश्न : भारतले सिमामा नागरिक मार्दा सरकार किन चुप छ ?

उनले लेखेका छन् “त्यहि महाकाली नदिमा तुइन तर्दा तर्दै तुइन काटिन्छ, खस्छन् ३३ बर्षका जयसिंह धामी महाकाली नदिमा र हराउँछन् सँधैका लागि । त्यहि महाकालीको किनारमा जबरजस्ती सडक बनाइरहदा गरिएको बिष्फोटबाट आएको ढुंगाले लागेर बित्छन् ९ वर्षीय बालक पवन महरा । त्यहि महाकालीको बहाव नेपालतर्फ धकेल्ने गरेर अनधिकृत पक्की संरचना बनाउँन थालिन्छ, प्रतिरोध गर्छन् नेपाली नागरिकले र उताबाट आएको ढुंगाले लागेर घाइते हुन्छन् खेल्दै गरेका चार जना बालबालिका ।

तर यी कुनै पनि कुरामा नेपाल सरकार देशले देख्ने गरी कहिँ कतै देखिदैन । वर्षौंको यो निरिहताको कारण के होला? आफ्नो सिमा जोगाउनु, आफ्ना नागरिकको अभिभावक बन्नु भन्दा अर्को महत्वपुर्ण कुरा के हुन्छ राज्यको ? आफ्नो सिमा जोगाउन, आफ्ना नागरिकलाई सुरक्षा दिन, अन्तराष्ट्रिय सन्धी सम्झौताका पाना पाना पल्टाएर बुँदा बुँदा केलाउँदै आफ्नो हक जोगाउन किन सक्दैन सरकार ?

आफ्नो हक पाउनु भनेको कसैको बिरोध गर्नु होइन, कसैसँग जोरी खोज्नु होइन भन्ने कुटनीति बनाउन के ले रोक्छ सरकारलाई ? राज्य यस्तो हुनु हुदैन । सरकार अब यसरी चल्नु हुदैन । यो निरन्तरको निरिहताको अर्थ अब खोज्नु पर्छ।नेपाली राष्ट्रिय राजनीतिमा अब नयाँ पुस्ताको आगमन भैसकेको छ।

त्यसैले अब नयाँ सिरा बाट कुरा गरौं। दार्चुलामा भेट्ने हो कि काठमाडौमा भेट्न हो कि दिल्लीमा भेट्ने हो तय गरौ तर निरिहताको निरन्तरता हाम्रो पुस्तालाई स्विकार्य छैन।”

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


ताजा समाचार
लोकप्रिय
सिफारिस