×
Lagani
Lagani Shiksha gif
खोटाङ : ३७ हजार १५६ मत गन्दा रवि लामिछानेको पार्टीलाई ६१८ मत।



खोटाङमा समानुपातिक मतमा एमालेले अन्य दललाई पछि पारेको छ ।

समानुपातिकतर्फको पछिल्लो मतगणनाको परिणामअनुसार एमाले कांग्रेस, माओवादी केन्द्रलगायतका दलभन्दा अघि छ । कुल एक लाख ४२ हजार ७९२ मतदाता रहेको जिल्लामा समानुपातिकतर्फ ३७ हजार १५६ मत खसेकामा एमालेलाई १४ हजार ५५ मत प्राप्त भएको छ ।

Lagani Shiksha gif
sharehubapk खोटाङ : ३७ हजार १५६ मत गन्दा रवि लामिछानेको पार्टीलाई ६१८ मत।

समानुपातिकमा कांग्रेसलाई १० हजार १७४, माओवादी केन्द्रलाई ६ हजार ६२२, जसपालाई एक हजार ११२, एकीकृत समाजवादीको एक हजार ५९१ मत प्राप्त भएको मुख्या निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । रवि लामिछाने अध्यक्ष रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ६१८ मत पाएको छ ।

जिल्लामा साना तथा ठूला गरी ४७ दललाई समानुपातिक मत गएको छ । कतिपय दलले एक मत पनि पाएका छन् । शुक्रबार दिउँसो २ बजेसम्ममा दुई हजार दुई मत बदर भएको पाइएको छ । राप्रपाको ३०७, राष्ट्रिय जनमोर्चाको २८, नेपाल मजदुर किसान पार्टीको ५९, लोकतान्त्रिक समाजवादी पार्टीको १७, जनमत पार्टीको १९, मौलिक जरोकिलो पार्टीको १, नेपाल समावेसी पार्टीको २९, हाम्रो नेपाली पार्टीको २४, जनता प्रगतिशीलको सात, नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीको पाँच, राष्ट्रिय नागरिक पार्टीको एक मत आएको छ ।

नागरिक उन्मुक्ती पार्टीलाई चार, नेपालका लागि नेपाली पार्टीलाई १२, राप्रपा नेपाललाई चार, मितेरी पार्टी नेपाललाई दुई, बहुजन एकता पार्टी नेपाललाई सात, नेपाल कम्यूनिष्ट पार्टी (माक्सवादी लेनिनवादी)लाई १२१, मंगोल नेशनल अर्गनाइजेसनलाई ३८, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई आठ, नेश्नलिष्ट पिपुल्स पार्टीलाई ६, नेपाल लोकतान्त्रिक पार्टीलाई तीन, राष्ट्रिय जनमुक्ति पार्टीलाई तीन, नेपाल कम्युनिष्ट पार्टी माक्सवादी (पुष्पलाल)लाई पाँच, नेपाली कांग्रेस (बीपी)लाई सात, तराई मधेस लोकतान्त्रिक पार्टीलाई ११ मत गएको छ ।

नेपाल जनता पार्टीलाई तीन, राष्ट्रिय मुक्ति आन्दोलन नेपाललाई १०, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)लाई १७, पिछडावर्ग निषाद दलित जनजाति पार्टीलाई तीन, नेपाल कम्युनिष्ट पार्टी परिवर्तनलाई आठ, नेपाल कम्युनिष्ट पार्टीलाई पाँच, बहुजन शक्ति पार्टीलाई एक, विवेकशील साझा पार्टीलाई पाँच, एकीकृत शक्ति नेपाललाई तीन, नेपाल संघीय समाजवादी पार्टीलाई २३, जनजागरण पार्टी नेपाललाई ११ मत प्राप्त भएको छ ।

सामाजिक एकता पार्टी/नेपाल कम्युनिष्ट पार्टी (समाजवादी)/नेपाल दलित पार्टीलाई १५, आमूल परिवर्तन मसिहा पार्टीलाई ६०, नेपाल आमा पार्टी/नेपाल नौलो जनवादी पार्टी/सचेत नेपाली पार्टी/नेपाल सुशासन पार्टी)लाई १४ र नेपाली जनता दललाई ३१ मत झरेको मुख्या निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतगणना जारी छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस