×
Lagani
Lagani Shiksha gif
विराटनगरको एउटा टोलमा उम्मेदवारलाई प्रवेश निषेध !



चुनाव नजिकिदै छ।

चुनावको प्रचारको माहोल बनिरहेको बेला विराटनगरको एउटा टोलमा उम्मेदवारलाई प्रवेश निषेध गर्ने अभियाननै चलेको छ। कोसी लोकमार्गबाट पश्चिमा पर्ने विराटनगर महानगरपालिका– ४ र ५ को सिमानास्थित जामुनगाछी क्षेत्रमा राजनीतिक दलका नेताविरुद्धको आन्दोलन स्थानीयले जारी राखेका हुन्। कोसी राजमार्ग पश्चिमको क्षेत्रलाई विकासबाट वञ्चित गराएको भन्दै स्थानीयबासिन्दाले नेताको फोटो सहितको ब्यानर टाँसेका छन् ।

Lagani Shiksha gif
sharehubapk विराटनगरको एउटा टोलमा उम्मेदवारलाई प्रवेश निषेध !

स्थानीयले २०७८ कात्तिकबाटै ‘नेता बहिष्कार’ अभियान सुरू गरेका थिए। वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा पनि आन्दोलनले निरन्तरतापाएको थियो । ‘२०४६ सालदेखि बारम्बार सत्तामा बसेर पनि हाइवे पश्चिम केही विकास नगरी हाइवे पश्चिमलाई विकासबाट बञ्चित गराएर भेदभाव गरेर सामाजिक, कानुनी र नैतिक अपराध गर्ने जनताका अपराधी नेताहरूलाई चिनिराखौं,’ स्थानीयबासिन्दाले राखेको ब्यानरमा लेखिएको छ।

नेताहरुले आफूहरुलाई भोट बैंकका रूपमा मात्रै प्रयोग गरेको र विकास निर्माणमा अवरोध गरिरहेको आरोप स्थानीयको छ। राजनीतिक पार्टी र विकास विरोधी नेताहरुलाई गाउँ, क्षेत्र प्रवेशमा रोक लगाइएको ब्यानरसहित स्थानीयले अभियान सुरू गरेका थिए। सडक निर्माणको ठेक्का लिएर काम नगर्ने ठेकेदारहरुलाई पनि नेताहरुले कारबाही नगरी संरक्षण गरेको आरोप उनीहरुको छ।

THEKEDAR BYANAR 20221019102014 विराटनगरको एउटा टोलमा उम्मेदवारलाई प्रवेश निषेध !

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस