×
Lagani
Lagani Shiksha gif
मर्जर प्रक्रियामा रहेको कुमारी बैंकले लाभांश पारित गर्न बोलायो साधारणसभा



नेपाल क्रेडिट एण्ड कमर्श बैंकसँगै मर्जर प्रक्रियामा रहेको कुमारी बैंक लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ । बैंकले कात्तिक २१ गते  बाईसौँ वार्षिक साधारण सभा बोलाएको हो ।

सो सभा कुमारी बैंकको नक्साल कार्यालयमा बिहान ११ बजे शुरु हुनेछ । सभाले सामाजिक उत्तरदायित्व बहन गर्दा सीमाभन्दा बढी भएको खर्च अनुमोदन गर्ने, मर्जर तथा एक्विजिशन गर्न सञ्चालक समितिबाट गठित मर्जर समिति तथा सोले गरेको कार्य अनुमोदन गर्ने, मर्जर तथा एक्विजिशन सम्बन्धि अन्य कार्य गर्न सञ्चालक समितिलाई आवश्यक सम्पूर्ण अख्तियारी दिने, कर प्रयोजनसहित चुक्ता पूँजीको १२.५० प्रतिशत नगद लाभांश वितरण गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

Lagani Shiksha gif
sharehubapk मर्जर प्रक्रियामा रहेको कुमारी बैंकले लाभांश पारित गर्न बोलायो साधारणसभा

साधारण सभा प्रयोजनार्थ बैंकले कात्तिक १४ गते बुकक्लोज गर्ने भएको छ । यद्यपि, मर्जर प्रक्रियामा रहेका कारण बैंकको शेयर कारोबार भने दोस्रो बजारमा बन्द रहेको छ । यस अनुसार असोज १० गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस