×
Lagani
Lagani Shiksha gif
आजदेखि खुल्यो बैंक अफ काठमाण्डूको ऋणपत्र , कति दिने आवेदन ?



बैंक अफ काठमाण्डू  लिमिटेडले आजदेखि ऋणपत्र निष्कासन गरेको  छ ।

बैंकले सात वर्ष अवधिको १० दशमलव ५० प्रतिशत ब्याजदर रहेको ‘बिओके डिवेञ्चर, २०८६’ नामको ऋणपत्र निष्कासन गर्न लागेको हो । बैंकले  प्रतिकित्ता रू. १ हजार अंकित दरका रू.१ अर्ब १० करोड  बराबरका ११ लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो । कुल निष्कासन मध्य ६० प्रतिशत अर्थात ६ लाख ६० हजार कित्ता व्यक्तिगत तवरबाट विक्री गर्नेछ भने  ४० प्रतिशत अर्थात ४ लाख ४० हजार कित्ता ऋणपत्र सर्वसाधारणका लागि निष्कासन गरेको छ ।

Lagani Shiksha gif

सर्वसाधारणलाई निष्कासन गरेको ४ लाख ४० हजार कित्तामध्ये २२ हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषलाई बाँडफाँट गरि सकेको छ।  आम सर्वसाधारणले बाँकी रहेको ४ लाख १८ हजार कित्ता ऋणपत्रमाका लागि आवेदन दिन सक्ने छ्न। लगानीकर्ताले न्यूनतम २५ कित्ता ऋणपत्र र अधिकतम १ लाख कित्ता ऋणपत्रको लागि आवेदन दिन सक्नेछन्।

ऋणपत्र निष्कासन तथा विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । यो ऋणपत्रमा भदौ ७ गतेसम्म आवेदन दिन सकिनेछ भने  उक्त अवधिमा माग बमोजिम आवेदन नपरेमा भदौ १६ गतेसम्म समय थप हुनेछ ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस