×
Lagani
Lagani Shiksha gif
कतिमा भयो मन्दाकिनी हाइड्रोपावरको नेप्सेमा पहिलो कारोबार ?



नेप्सेमा आज मन्दाकिनी हाइड्रोपावर लिमिटेडको पहिलो कारोबार भएको छ।

स्पेसल प्रिओपन सेसनमा कम्पनीको आज कम्पनीको २३७ दशमलभ ३० पैसामा कम्पनीको पहिलो कारोबार भएको हो। पहिलो शेयर कारोबारका लागि भने नेप्सेले प्रतिकित्ता न्यूनतम रू. १०२ देखि अधिकतम रू. ३०६ सम्मकोओपनिङ्ग रेञ्ज तोकेको थियो।

Lagani Shiksha gif

मंगलबार मन्दाकिनी हाइड्रोपावर लिमिटेडको  कुल ५८ लाख ८० हजार ३६९ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको थियो  । कम्पनीले साउन ९ गतेबाट १२ गतेसम्म ११ करोड ७६ लाख ७ हजार ३०० रुपैयाँ बराबरको आइपीओ जारी गरेको थियो । यसमध्ये  ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोष र २३ हजार ५२१ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी १० लाख ९३ हजार ७४९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था थियो ।

कम्पनीलाई केयर रेटिङ नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने ‘केयरएनपी डबल बी प्लस आइएस’ रेटिङ प्रदान गरेको छ । कम्पनीको आयोजना प्रभावित स्थानीय तर्फको शेयर भने आगमी तीन वर्षसम्म लकइन पिरियडमा रहनेछ ।

Screenshot 2022 08 17 110342 कतिमा भयो मन्दाकिनी हाइड्रोपावरको नेप्सेमा पहिलो कारोबार ?

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस