×
Lagani
Lagani Shiksha gif
महिला लघुवित्तको लाभांश संशोधन , बोनस सेयरमा जोड



महिला लघुवित्त वित्तीय संस्थाको लाभांश संशोधन भएको छ ।

कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट ४७ दशमलव ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि दुई दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

Lagani Shiksha gif

यसअनुसार अब कम्पनीले चार करोड ७५ लाख रुपैयाँ बराबरको बोनस सेयर दिनेछ भने २५ लाख रुपैयाँ नगद लाभांश वितरण गर्नेछ । यसअघि लघुवित्तले चुक्ता पुँजीको ४५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र लघुवित्तको आगामि साधारणसभाबाट अनुमोदन भएपछि मात्रै सेयरधनीले पाउनेछन्।

701b860158f6d2a01d9096d157a530c9 page 001 scaled महिला लघुवित्तको लाभांश संशोधन , बोनस सेयरमा जोड

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस