शेयर बजार बारे सिक्न , नेप्से बजार सँग जोइन हुन यहाँ क्लिक गर्नुहोस।
सामलिङ्ग पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले यही कात्तिक ४ गते ( भोलि ) देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको हो । कम्पनीले साधारण शेयर निष्काशन तथा विक्रीका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धक र शेयर रजिष्ट्रारमा समेत नियुक्त गरेको छ ।
कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यमा ७ करोड ३० लाख रुपैयाँ बराबरको ७ लाख ३० हजार कित्ता साधारण शेयर निष्काशन गर्नेछ।निष्काशन गरिने कुल शेयरमध्ये २ प्रतिशत अर्थात १४ हजार ६०० कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। सर्वसाधारणले बाँकी ६ लाख ७८ हजार ९०० कित्ताका लागि आवेदन दिन सक्नेछन्।
कम्पनीको विवरण पत्रअनुसार सर्वसाधारणले कात्तिक ८ सम्म न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । सो अवधिसम्म माग गरिएबमोजिम आवेदन नआए कार्तिक १८ सम्म निष्कासन खुला हुने विवरणपत्रमा उल्लेख छ । कम्पनीको आर्थिक बर्ष २०७६/६६ को प्रतिवेदन अनुसार कम्पनीको प्रति शेयर आम्दानि ०.२७ ऋणात्मक रहेको छ भने नेटवर्थ ९८.७७ रहेको छ। त्यस्तै कम्पनीको नोक्सान १० लाख रहेको छ।
कम्पनीले निर्माण गरेको माईबेनी जलविद्युत आयोजनाबाट उत्पादन गरिएको विद्युत एक मुष्ठ नेपाल विद्युत प्राधिकरणले खरीद गर्न मञ्जुर गरी कम्पनी र नेपाल विद्युत प्राधिकरण बीच मिति २०७३ कार्तिक २६ मा विद्युत खरीद बिक्री सम्झौता समेत सम्पन्न भैसकेको छ । साथै उक्त सम्झौताको पहिलो, दोस्रो, तेस्रो,चौथो तथा पाँचौ संशोधन मिति २०७४ आषाढ २७ गते, २०७४ आषाढ २९ गते, २०७५ आश्विन ११ गते र २०७५ कार्तिक २७ गते र २०७५ फाल्गुण २१ गते भएको छ ।
यस कम्पनीले इलाम जिल्लाको इलाम नगरपालिका (साबिक इलाम न.पा र गोदक गा.वि.स) तथा माइजोगमाई गाउँपालिका (साविक सोयाङ र नामसालिङ गा.वि.स. हरु) स्थित माईबेनी जलविद्युत आयोजनाबाट ९.५१ मेगावाट जलविद्युत उत्पादन गर्ने उद्देश्य अनुरुप जलविद्युत आयोजनाको निर्माण, उत्पादन तथा संचालन गर्न नेपाल सरकार उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयबाट मिति २०७५/०१/०६ मा विद्युत उत्पादनको अनुमति प्राप्त गरेको हो ।
माईबेनी जलविद्युत आयोजना (९.५१ मे.वा.) को मिति २०७५/०१/०६ मा नेपाल सरकार, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयबाट विद्युत उत्पादनको अनुमतिपत्र (वि.वि.वि.०७४/७५ वि.उ. २२८) प्राप्त भएको होर उक्त अनुमतिपत्र मिति २११०/०१/०५ गते सम्म बहाल रहेको ले ३३ वर्ष वाँकी छ ।
नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड नेपाल एसबिआई बैक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो । कम्पनी स्थापनाको तीन वर्षभित्र उर्जा डेभलपर्सले ग्रुप कम्पनी मार्फत अन्य दुई जलविद्युत आयोजनाको पनि निर्माण गरिरहेको छ । सो शेयरमा सर्वसाधारणले कात्तिक ८ गतेसम्म आवेदन दिन सकिनेछ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ। सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।











