×
Lagani
Lagani Shiksha gif
आईपीओको नतिजा हेर्न चस्मा लगाउनु पर्ने !

फाइल तस्बिर



आईपीओको नतिजा हेर्न छुट्टै साइत बनाएको सीडीएससी एन्ड क्लियरिङ लिमिटेडले नतिजा हेर्न अझै मुस्किल हुनेगरी सिस्टम बनाएको छ।

विभिन्न एपहरुले सीडीएससीको साइटबाट डाटा स्क्रेप (scrape) गरि सबै परिवारको नतिजा एकै पटकमा सहज रुपमा हेर्न मिल्ने बनाएकोले सीडीएससीले यस अघि क्याप्चा राखेको थियो भने हाल उक्त क्याप्चालाई अझै मुस्किल बनाउन अझै अस्पष्ट खालको क्याप्चाको प्रयोग गरेको छ।

Lagani Shiksha gif
sharehubapk आईपीओको नतिजा हेर्न चस्मा लगाउनु पर्ने !

सीडीएससीले हाल प्रयोग गरेको क्याप्चा ठुलो डिभाइस देखि बुझ्न मुस्किल छ भने सानो स्क्रिन भएको डिभाइसमा त् चस्मा नै लगाउनु पर्ने खालको छ।  विभिन्न एपहरु बाट लगानीकर्ताले एक क्लिकमा सबै नतिजा हेर्न सक्ने थिए भने हाल सीडीएससीले सिस्टम उपडेट गरे संगै एक एक गरि डिम्याट नम्बर हान्नु पर्ने र क्याप्चामा रहेको अक्षर पनि हान्नु पर्ने हुदा नतिजा हेर्न फेरी झन्झट बनेको छ।

Screenshot 2022 04 18 142320 आईपीओको नतिजा हेर्न चस्मा लगाउनु पर्ने !

सीडीएससी जस्तो जिम्मेवार निकायले आफ्नो सिस्टम सुधार नगरी लगानीकर्तालाई सहज बनाउने एपहरुलाई रोक्न खोज्नु बच्पना जस्तो हर्कत हो। त्यसै त यस्तो प्रविधिको जमानामा रि -क्याप्चा प्रयोग नगरी क्याप्चाको प्रयोग गर्नु भनेको आफ्नै पतन गर्न खोज्नु हो।

सीडीएससीले यस्तो गर्नुको साटो लगइन गर्न मिल्ने गरि नतिजा हेर्ने सिस्टम बनाउनु जरुरि छ जसले गर्दा लगानीकर्ताले एकपटक आफ्नो डिम्याट नम्बर हालिसकेपछि त्यहि सेभ गरेर पुन अर्को नतिजा हेर्न सहज होस। त्यस्तै नतिजाको डाटा लिनको लागि केहि शुल्क लिएर एपीआई पनि ल्याउनु जरुरि छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस