×
Lagani
Lagani Shiksha gif
अमेरिका र युरोपेली संघको वार्तामा युक्रेनलाई आक्रामण गर्ने रुसलाई एक्लो पार्ने कदमबारे छलफल

फाईल तस्बिर



रुसमाथिको पहिलो उच्चस्तरीय वार्तामा अमेरिका र युरोपेली संघका प्रतिनिधिहरूले मस्कोलाई थप एक्लो पार्न सक्ने थप कदमहरूबारे छलफल गरेका छन् ।

अमेरिकी विदेश मन्त्रालय र युरोपेली बाह्य कार्य सेवाले संयुक्त रूपमा जनाएअनुसार युरोपियन युनियन र संयुक्त राज्य अमेरिका आज वाशिंगटन डीसी मा आयोजित पहिलो अमेरिका-इयु उच्च स्तरीय वार्तामा अर्थतन्त्र र अन्तरराष्ट्रिय वित्तीय प्रणालीबाट रुसलाई अलग गर्न थप कदमहरू बारे पनि छलफल गरेका छन् ।

Lagani Shiksha gif
sharehubapk अमेरिका र युरोपेली संघको वार्तामा युक्रेनलाई आक्रामण गर्ने रुसलाई एक्लो पार्ने कदमबारे छलफल

अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व राजनीतिक मामिलाका उपसचिव भिक्टोरिया नुल्यान्ड र इयुको नेतृत्व राजनीतिक मामिलाका लागि युरोपेली बाह्य कार्य सेवाका उपमहासचिव एनरिक मोराले गर्नुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ। दुवै पक्षले सन् २०२२ को अन्त्यतिर रूसमा अर्को उच्चस्तरीय वार्ता गर्न सहमत भएका छन्।

अमेरिकी र युक्रेनी राष्ट्रपतिबीच फोन वार्ता

अमेरिकाका राष्ट्रपति जो बाइडेन र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच फोन वार्ता भएको छ । रुसको आक्रमणमा परेको युक्रेनले रुससँग लड्नका लागि आफूहरुलाई सहयोग आवश्यक परिरहेकोले सहयोग गर्न सबैलाई आह्वान गर्दै आएको छ ।

बाइडेन र जेलेन्स्कीबीचमा पनि युक्रेनलाई आवश्यक परेको सहयोग र अमेरिकाले गर्न सक्ने सहयोगका बारेमा कुराकानी भएको छ । “हामीले प्रतिरक्षाका लागि आवश्यक पर्ने सहयोगका बारेमा कुराकानी गरेका छौँ, चाँडै नै नयाँ प्याकेज लागू हुने विश्वास लिएका छौं, त्यस्तो प्याकेज आर्थिक तथा मानवीय सहायता सम्बन्धी हुनेछ,” जेलेन्स्कीले सामाजिक सञ्जाल ट्वीटरमा लेख्नु भएको छ ।

राष्ट्रपति बाइडेनसँगको कुराकानी पछि उहाँले सन्तोष व्यक्त गर्दै युक्रेनलाई कुटनीतिका, आर्थिक र भौतिक सहयोग बढ्ने आशा लागेको जानकारी दिनुभयो । अमेरिकी राष्ट्रपति बाइडेन र युक्रेनी राष्ट्रपति जेलेन्स्कीबीच झण्डै एक घण्टा कुराकानी भएको अधिकारीहरूले जनाएका छन् ।

अमेरिकी राष्ट्रपतिको कार्यालयले पनि युक्रेनी राष्ट्रपतिसँग फोन वार्ता भएको पुष्टि गर्दै सैन्य, आर्थिक र मानवीयता सम्बन्धी सहयोग प्रदानका बारेमा कुराकानी भएको जनाएको छ। अमेरिकाले युक्रेनमाथि आक्रमण गरेर रुसले गल्ती गरेकाले तत्काल आक्रमण रोक्न माग गर्दै आएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस