×
दोहोरो अंकले घट्यो नेप्से , इमर्जिङ्ग , नेष्डो समृद्ध र राष्ट्र उत्थानको शेयर मूल्यमा सकारात्मक सर्किट



साताको तेस्रो कारोबारको दिन मंगलबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ।

आज नेप्से परिसूचक १४ दशमलभ २६ अंकले घटेर २ हजार ५ सय २७ दशमलभ ५८ बिन्दुमा झरेको हो।  नेप्से परिसूचक संगै कारोबार रकममा पनि गिरावट आएको छ। आज दिनभरमा कुन १ अर्ब ७५ करोडको शेयर कारोबार भएको छ।  आज दिनभरमा २ सय २५ कम्पनीको ३८ लाख ९० हजार १ सय ३१ कित्ता शेयर कारोबार भएको छ।

Screenshot 2022 03 29 150137 दोहोरो अंकले घट्यो नेप्से , इमर्जिङ्ग , नेष्डो समृद्ध र राष्ट्र उत्थानको शेयर मूल्यमा सकारात्मक सर्किट

आज कारोबारमा आएका कम्पनी मध्य ३ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ।आज इमर्जिङ्ग नेपाल , नेष्डो समृद्ध लघुवित्त र राष्ट्र उत्थान लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो। इमर्जिङ्ग नेपालको शेयर मूल्य बढेर १ हजार १२ दशमलभ ३० पुगेको छ भने नेष्डो समृद्ध लघुवित्तको शेयरमूल्य ८ सय ७२ दशमलभ ६० पुगेको छ।

त्यस्तै राष्ट्र उत्थान लघुवित्तको शेयर मूल्य १ हजार ९० दशमलभ ६० पुगेको छ भने आज जाल्पा लघुवित्तको शेयरमूल्य ४ दशमलभ ०१ प्रतिसतले बढेको छ।

Screenshot 2022 03 29 150916 दोहोरो अंकले घट्यो नेप्से , इमर्जिङ्ग , नेष्डो समृद्ध र राष्ट्र उत्थानको शेयर मूल्यमा सकारात्मक सर्किट

कारोबारमा आएका कम्पनी मध्य एनआइविएल समृद्धि फण्ड -२ को शेयर मूल्य सर्बाधिक ४ दशमलभ ७३ प्रतिसतले घटेको छ।  त्यस्तै मिर्मिरे लघुवित्त , जिवन विकास लघुवित्त , नेपाल लाइफ इन्सोरेन्सकम्पनीको शेयर मूल्य ३ प्रतिसतभन्दा बढीले घटेको छ।

Screenshot 2022 03 29 151502 दोहोरो अंकले घट्यो नेप्से , इमर्जिङ्ग , नेष्डो समृद्ध र राष्ट्र उत्थानको शेयर मूल्यमा सकारात्मक सर्किट

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस