कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्ड ग्राहकहरुले दराजको दशैं धमाका योजनामा २० प्रतिशतसम्म छुट पाउने भएका छन् ।
बैंकले कार्डवाहकलाई विशेष छुट दिने उद्देश्यले अनलाइन सपिङ्ग दराजसँग सम्झौता गरेको छ । ग्राहकले डेबिट र क्रेडिट कार्डबाट दराज अनलाइनमा असोज १० देखि १८ गतेसम्म सामान खरिदमा अग्रिम छुट प्राप्त गर्नेछन् ।
कार्डबाहक महानुभावहरुले योजनाबाट आफूलाई आवश्यक सामान खरिद गरी अनलाइन माध्यममार्फत प्रि–पेमेन्ट गर्दा बैंकको डेबिट कार्ड प्रयोग गरे २० प्रतिशत वा अधिकतम २ हजार रुपैयाँसम्म छुट पाइनेछ । क्रेडिट कार्ड प्रयोग गर्दा पनि २० प्रतिशत वा अधिकतम २ हजार ५ सय रुपैयाँसम्म छुट रहेको बैंकले बताएको छ । यसबाहेक पनि छुट योजनामा ग्राहकले विभिन्न राष्ट्रिय/अन्तर्राष्ट्रिय ब्रान्डका सामान खरिद गर्न सक्नेछन् ।

प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted









