चितवन, चैत-२८। चर्चित भिडियो शेयरिङ एप टिकटकको ठाउँ लिदै नेपालमा ‘थोप्ला'( Thopla) संचालनमा आउने भएको छ।
एलको(Yelko) कम्पनीले नेपालमा आफ्नै टिकटक अर्थात् ‘थोप्ला’ नामक भिडियो शेयरिङ एप संचालनमा ल्याउने भएको हो। कम्पनीका प्रबन्ध निर्देशक उज्जवल खनालका अनुसार नव वर्ष २०७८ लाई लक्षित गरेर ‘थोप्ला’ सार्वजनिक गरिने योजना रहेको छ। हाल भने उक्त एपको वेव वर्सन मात्र उपलब्ध रहेको छ। वेब भर्सनमा तपाइले आआफ्नो खाता खोल्न सक्नु हुने छ र अरुलाई फलो गर्न सक्नुहुने छ। रजिस्टर गर्नको लागि यहाँ क्लिक गर्नुहोला।
यस एपमा १५ सेकेन्ड देखि १ मिनेट सम्मको भिडियो अपलोड गर्न मिल्ने छ। कम्पनीका अनुसार पर्योगकर्ताको डाटा सुरक्षा र पर्योगकर्तालाई सहजताका साथ् मनोरञ्जन प्रदान गर्ने विषयमा विशेष ध्यान दिइएको छ।
पछिल्लो समय युवा पुस्तामा मात्र नभइ हरेक उमेरका व्यक्तिमा देखिएको लोकप्रियतालाई मध्यनजर गर्दै नेपालमा आफ्नै टिकटक सरह एप निर्माण गरिएको खनालले बताए। उनि भन्छन नेपाललाई अन्तराष्ट्रिय बजारमा चिनाउने र प्राविधिक क्षेत्रमा अगाडी बढाउने लक्ष्यका साथ् एलको कम्पनीले विभिन्न प्रोजेक्ट गरिरहेको छ र त्यस मध्यको ‘थोप्ला’ एक हो जस बाट रचनात्मकता र प्रतिभा भएका व्यक्तिहरुलाई जोडन सकिने छ।
थोप्ला निर्माणको सबै प्राविधिक काम सकिएको र सहि समय अनुकुल हेरेर बजारमा ल्याउन कम्पनि तम तयार रहेको खनालले बताएका छन। साथै अन्य धेरै विशेषता टिकटक संग मेल खाने भएता पनि आगामी दिनमा अझै प्रभावकारी बनाउने कम्पनीको योजना रहेको छ।















