×
Nepse Bajar Messenger Channel
निफ्राको शेयर बेच्ने कि होल्ड गर्ने ? के गर्दा फाइदा होला ? जान्नुहोस



आजको बजार मूल्य ५२३  रहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयरमा सबैको ध्यान रहेको छ। लगातार बढेर ७२६ पुगेर घट्न लागेको निफ्राको मूल्य हाल भने तल माथि हुदै आएको छ। अघिल्लो साता ५३१  मा कारोबार बन्द भएको निफ्राको आज८ अंक घटेर ५२३  मा कारोबार भएको हो। केहि लगानीकर्ताले शेयर मूल्य बढ्छ भने पनि केहि लगानीकर्ताले भने घट्छ भनि रहेका छन्। आज हामीले उक्त कम्पनीको बारेमा जानकारी लिएर आएका छौ। तपाइहरुले उक्त रिपोर्टबाट कम्पनीको बारेमा जानकारी पाउन सक्नुहुने छ।

नोट : यो एउटा सामान्य जानकारी मात्रै हो लगानी गर्दा तपाइको आफ्नो विश्लेषणनै मुख्य भूमिका खेल्ने भएकाले  आफै जोखिम उठाएर लगानी गर्नुहोला।

तपाइले लामो समय सम्म होल्ड गर्नुभयो भने कम्पनीको मूल्य १००० भन्दा माथि पुग्ने छ तर हालचालै  कम्पनीको अवस्था र बजारमा  रहेको बिक्रि चापलाइ हेर्दा केहि समय सम्म मुल्य घट्ने अनुमान गर्न सकिन्छ।  कम्पनीको धेरै साखा नभएको कारण खर्च कम लाग्ने हुदा मुनाफामा सुधार भने हुने छ।  अहिले कम्पनीले विभिन्न नयाँ नयाँ प्रोजेक्ट सुचारु गर्दै छ।  छोटो समयमा राम्रो मुनाफा कमाउन नसकिए पनि लामो समय सम्ममा राम्रो प्रतिफलको आस भने गर्न सकिन्छ।

कम्पनीको केहि तथ्यांकले कम्पनीको मूल्य १००० माथि जाने देखाउछ भने केहि पक्षले कम्पनीको शेयर मूल्य १००० नपुग्ने देखाउ छ।  तर आजभोलिको बजारमा चलिआएको शेयर मूल्यलाई लिएर तुलना गर्ने हो भने सजिलै १००० भन्दा माथि पुग्न पनि सक्छ।  तर बजारमा निफ्राको अवस्था हेर्दा छिटै नै मूल्य बढ्ला भन्ने अनुमान गर्न भने सकिन्न।  केहि दिन सम्म निफ्राको मूल्य सामान्य रुपमा घटे पनि केहि समय पछि बढ्ने सम्भावना रहेको छ। आ.व. २०७६/७७ मा बैंकको प्रति शेयर खुद सम्पत्ती रु ११३.६२ रहेको छ, जुन गत आ.व.मा रु.१०६.५७ रहेको थियो । आ.व. २०७६/७७ मा प्रति शेयर आम्दानी रु ७.०६ रहेको छ, जुन गत आ.व.मा रु.६.१० रहेको थियो ।

बैंकले माघ २ गते देखि ६ गते सम्म जारी पूँजी २० अर्ब रुपैयाँको ४० प्रतिशतले हुन आउने ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो । त्यस मध्ये ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्टाएर बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ताका लागि सर्वसाधारण लाई निष्काशनमा ल्याएको थियो ।

Screenshot 2021 03 10 183909 निफ्राको शेयर बेच्ने कि होल्ड गर्ने ? के गर्दा फाइदा होला ? जान्नुहोस

कम्पनीको आर्थिक बर्स २०७६/७७ को बार्षिक प्रतिवेदन अनुसारको  रिपोर्ट

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले सर्वसाधारणलाई निष्काशन गरेको प्राथमिक शेयर ५० कित्तासम्म माग गर्नेलाई माग अनुसार नै बाडफाड गरेको थियो । आबेदन गर्ने सबैलाई ५० कित्तासम्म बाँडफाँड गरी बाँकी रहेको ४९ लाख २० हजार ७२० कित्ता शेयर गोलाप्रथाबाट ५० कित्ता भन्दा बढी आवेदन गर्ने ४ लाख ९२ हजार ७२ जनालाई थप १० कित्ता दरकाले बाँडफाँड गरेको हो।

८ अर्ब रुपैयाँ बराबरको आईपीओ बाँडफाँट पश्चात बैंकको चुक्ता पूँजी २० अर्ब पुगेको छ। बैंकको शेयरमा धेरै लगानीकर्ताको ध्यान रहेको र केहि ठुला लगानीकर्ताले चलखेल गरि मूल्य घटाउन खोजेको केहि लगानीकर्ताको बुझाइ रहेको छ।निफ्राले आईपीओ निष्कासनका लागि यही मंसिर ८ गते धितोपत्र बोर्डमा निवेदन दिएको थियो । बोर्डले निवेदनबारे अध्ययन गरी मंसिर २४ गते बैङ्कलाई आवश्यक जिज्ञासा पठाएको थियो । बोर्डले पठाएका जिज्ञासाको बारेमा जवाफ प्राप्त भएपछि बोर्डले पुस १० गते बैङ्कको आईपीओ र विवरणपत्रलाई अन्तिम स्वीकृति दिएको थियो ।

Screenshot 2021 03 10 183829 निफ्राको शेयर बेच्ने कि होल्ड गर्ने ? के गर्दा फाइदा होला ? जान्नुहोस

कम्पनीको आर्थिक बर्स २०७६/७७ को बार्षिक प्रतिवेदन अनुसारको  रिपोर्ट

इन्फ्रास्ट्रक्चर बैङ्कले प्रकाशन गरेको रिपोर्ट अनुसार अघिल्लो आर्थिक वर्षसम्म यो बैङ्कको प्रतिशेयर नेटवर्थ १ सय १३ रुपैयाँ ६२ पैसा रहेको छ । ३ वर्षअघि नेपाल राष्ट्र बैङ्कबाट कारोबार अनुमति पाएको यो बैङ्क पूर्वाधार क्षेत्रमा लगानी गर्ने विशिष्टिकृत बैङ्क हो । यो कम्पनीमा १० प्रतिशत सरकारको लगानी छ । ५० प्रतिशत लगानी निजी क्षेत्रको रहँदा बाँकी ४० प्रतिशत शेयर सर्वसाधारण लगानीकर्ताको हुनेगरी आईपीओ जारी गरेको थियो ।

पूर्वाधार क्षेत्र (जलविद्युत, सौर्य उर्जा, होटल, रिसोर्ट, फनपार्क, केवलकार, शिक्षा, स्वास्थ्य) हरुमा लगानी गर्ने मूल उद्देश्य लिई स्थापित बैंकले नेपाल राष्ट्र बैंकबाट २०७५ माघ २८ गते राष्ट्रिय स्तरको पूर्वाधार विकास बैंकको रुपमा कार्य गर्न स्वीकृति पाएको थियो। सो लगत्तै २०७५ फागुन २२ गतेदेखि नै आफ्नो औपचारिक बैंकिङ्ग कारोबार सुरु गरेको थियो । बैङ्कले स्थापनाकालदेखि नै नाफा प्राप्त गरेको छ र हालसम्म यो कम्पनीको खराब कर्जा वा जोखिमयुक्त कर्जा शुन्य छ जसलाई हामि सकारात्मक पक्षको रुपमा लिन सक्छौ ।

पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर आम्दानी ६ रुपैयाँ छ। कम्पनीले सो अवधिमा १८ करोड रुपैयाँ खुद नाफा कमाएको छ। आब ०७९/८० सम्म प्रतिसेयर नेटवर्थ ११२ रुपैयाँ पुग्ने कम्पनीको आँकलन छ। सो अवधिसम्म वार्षिक आम्दानी १ अर्ब ५९ करोड हुने र प्रतिसेयर आम्दानी ८ रुपैयाँ ८० पैसा पुग्ने कम्पनीको प्रक्षेपण छ।

 

 

Screenshot 2021 03 10 183938 निफ्राको शेयर बेच्ने कि होल्ड गर्ने ? के गर्दा फाइदा होला ? जान्नुहोस

कम्पनीको आर्थिक बर्स २०७६/७७ को बार्षिक प्रतिवेदन अनुसारको  रिपोर्ट

कम्पनीको बारेमा सबै जान्नको लागि यहा क्लिक गर्नुहोस

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस