×
Lagani
Lagani Shiksha gif
प्रहरीलाइ ढुङ्गा हान्न सरकारले आफ्नै मान्छे पठाएको ओलीको आरोप।



प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीले केही दिनयता काठमाडौंको सडकमा भएका एमसीसीविरुद्धको आन्दोलनप्रति आक्रोश व्यक्त गरेका छन् ।

काठमाडौंको चन्द्रागिरी नगरपालिका–१ दहचोकस्थित काजी कालु पाँडेको समाधिस्थलमा सोमबार कविता वाचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारमा रहेका क्रान्तिकारीहरुले सडक भत्काएर सुरक्षाकर्मीमाथि आक्रमणमा उत्रिएको बताए ।

Lagani Shiksha gif
sharehubapk प्रहरीलाइ ढुङ्गा हान्न सरकारले आफ्नै मान्छे पठाएको ओलीको आरोप।

आफूमाथि ढुंगामुढा गर्नेमाथि प्रतिकार गर्ने आदेश नहुँदा सुरक्षाकर्मी भागेको भन्दै उनले सरकारमा रहेर सडकमा प्रदर्शन गर्ने र प्रहरीमाथि ईटा प्रहार गरेकोमा आक्रोश व्यक्त गरे ।

‘हिजो मैले देखेँ । तीन चार सय मान्छे सडकमा छन् । दुई हजार, २५ सय पुलिस छन् । ढाल बोकेर पुलिस छेकिएर बस्या छ । अगाडिबाट ढुंगा हानेका छन् । १५ जनाले ढुंगा हान्छ, डेढ सय पुलिस लुकेर बस्नुपरेको छ, किनकि लाठी चलाउने आदेश छैन उसलाई । टिएर ग्यास हान्ने आदेश छैन । केही गर्ने पनि आदेश छैनन् ।

पानी फोहोरा हान्न जान्छ ट्यांकर । तर, ढुंगा हान्न थालेपछि  ब्याक गिएर लगाएर पछि सर्दै भाग्छ । त्यो हान्न सक्दैन, किन भने कोही घाइते भयो भने ट्यांकर चलाउनेको जागिर जान सक्छ,’ अध्यक्ष ओलीले भने, ‘पुलिसहरू घाइते भएका छन् । आज बिहान मैले गृहमन्त्रीलाई भनेँ– तपाइँहरूले पुलिसलाई किन सडकमा पठाउनुहुन्छ ? सत्ताधारी गुटले, शासकहरुले नै सडकमा ढुंगा हान्न मान्छे पठाएका छन् ।’

सडक भत्काएर प्रहरीमाथि ढुंगा हानेकालाई कसैले नरोकेको भन्दै उनले एमसीसीको विरोधमा उत्रिएको माओवादी केन्द्र र उसका भ्रातृ संगठनप्रति इंगित गर्दै विरोध गरे ।

‘कत्रो मिहेनत र कति खर्च गरेर बाटो बनाएको हुन्छ । ति बाटो भत्काइएको छ । तपाइँहरुले देख्नुभयो होला बाटो भत्काएको, सरकारमा हुने क्रान्तिकारीहरु बाटो बनाउनुपर्ने ठाउँमा भत्काएका छन् । बाटो नभत्कायो भन्ने कोही छैनन् । कस्तो सरकार हो ? अनि प्रहरीमाथि ढुंगा हानेका छन् । बाटो नभत्कायो, प्रहरीमाथि ढुंगा नहान भन्ने कोही छैनन् ।

प्रहरी कुटाइ खाएर भागेका छन् । खुट्टा भाँचिन लागिसक्यो अनि प्रहरी भाग्नुपरेन,’ अध्यक्ष ओलीले भने, ‘मैले गृहमन्त्रीलाई सोधेँ– के आदेश थियो ? काँचो ढुंगा हान्ने मात्रै आदेश थियो ? पकाएको इँटा मात्र हान्ने आदेश थियो ? के के आदेश थियो ?’

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस