SPL 813 -12.1 UMHL 308 -4 JBBL 351 -3.1 HHL 439 -3.2 NGPL 472 -2.9 HIDCL 270.7 -4.1 UMRH 475 -1.9 NIBSF2 8.9 0.08 NLG 1317 2 SIGS3 9.45 0.09 LUK 9.21 -0.09 CLI 634 -4.9 RURU 740 -9.8 AVYAN 909 -6 TPC 465 6 AHL 651 2 NBBD2085 1100 0 NESDO 2229 -18 KKHC 260 -2 PCBL 292 -2 NICGF 10.56 -0.28 CFCL 647 27.1 GBBL 447 -6 TSHL 909 -11 PPCL 262 -5.2 RHPL 364 -5.2 BHL 440 -13 GMFBS 1512.1 -16.9 CIT 2195 0 ACLBSL 1035 0 KBL 234 -6.9 HRL 861 -4 NICD88 1032 -21 JOSHI 305 -6.8 SIFC 628 10 MBLD2085 1085 6.5 NICBF 9.3 -0.08 NMFBS 1435 1 KSBBL 448 -3 SBLD84 1040 19.3
×
नेपालको १२० देशसँग व्यापार घाटा



आवश्यक वस्तुका लागि परनिर्भरता बढेसँगै नेपालको व्यापारघाटा पनि बढ्दै गएको छ ।

चालु आर्थिक वर्ष २०७८/०७९ को मंसिरसम्ममा नेपालको १४३ वटा देशसँग व्यापारिक सम्बन्ध स्थापित भएकोमा १२० देशसँग भने व्यापारघाटा देखिएको छ । आयातको तुलतामा नेपालको निर्यात कमजोर भएपछि व्यापारघाटा बढ्दै गएको हो ।

भन्सार विभागको तथ्यांकअनुसार चालु आवको मंसिरसम्ममा नेपालले आठ खर्ब ३८ अर्ब रुपैयाँको वस्तु आयात गर्दा एक खर्ब दुई अर्व निर्यात भई ७ खर्व ३५ अर्व व्यापारघाटा भएको छ ।

नेपालको कुल व्यापारघाटामध्ये आधा भन्दा बढि व्यापारघाटा भारतसँग देखिएको छ । चालु आवको मंसिरसम्ममा भारतमा नेपालबाट ८४ अर्ब १५ करोड बराबरको निर्यात हुँदा पाँच खर्बभन्दा बढीको आयात भएको छ । नेपालमा पेट्रोलियम पदार्थ, खाद्य सामग्री, हरियो तरकारीलगायतका सामाग्री भारतबाट आयात हुँदै आएको छ ।

भारतपछि चीन, इन्डोनेसिया, अर्जेन्टिना, यूएई, अस्ट्रेलिया, अमेरिकालगायतका देशसँग व्यापारघाटा बढिरहेको छ । भारतपछि चीनसँग नेपालको एक खर्ब २१ अर्ब व्यापारघाटा  छ । मंसिरसम्ममा नेपालबाट चीनमा ३८ करोड रुपैयाँ बराबरको सामान निर्यात हुँदा एक खर्ब २२ अर्ब बराबरको आयात भएको छ ।

कम्बोडिया, डेनमार्क, अल्गेरिया, स्विडेनलगातका देशसँगको वैदेशिक व्यापार भने फाइदामा छ । कम्बोडियासँगको व्यापारमा नेपालले ११ करोड ७४ लाख फाइदा गरेको छ । मंसिरसम्ममा कम्बोडियाबाट दुई करोड १४ लाख बराबरको आयात गर्दा १३ करोड ८९ लाख बराबरको निर्यात गरेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस