×
Lagani
Lagani Shiksha gif
माओवादी महाधिवेशन: यी दलका शीर्ष नेतालाई आमन्त्रण , सुरक्षाको लागि कुकुर परिचालन



नेकपा माओवादी केन्द्रको प्रथम राष्ट्रिय सम्मेलन तथा आठौं महाधिवेशनको उद्घाटन सत्र सरेको छ ।

१ बजे उदघाटन हुने भनिएको सम्मेलन ३ बजेलाई सरेको हो । स्थायी कमिटीबाट सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गरेको माओवादीको केन्द्रीय कमिटी बैठक यो निर्णयलाई अनुमोदन गर्न अहिले बसिरहेको छ ।

Lagani Shiksha gif
sharehubapk माओवादी महाधिवेशन: यी दलका शीर्ष नेतालाई आमन्त्रण , सुरक्षाको लागि कुकुर परिचालन

महाधिवेशनमा रुपान्तरण गरेसँगै माओवादीले उद्घाटन सत्रमा अन्य दलका नेतालाई पनि आमन्त्रण गरेको छ । सुरुमा पार्टीको विचार र नीतिमाथि छलफल गर्ने राष्ट्रिय सम्मेलन भएकाले कुनै पनि दललाई नबोलाउने भनेको माओवादीले शनिबार महाधिवेशनमा रुपान्तरण गरेर दलहरुलाई निम्तो पठाएको हो ।

प्रवक्ता कृष्णबहादुर महराकाअनुसार महाधिवेशनमा दलका शीर्ष नेतालाई आमन्त्रण गरिएको छ । नेपाली कांग्रेस, नेकपा एमाले, जसपा, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा, नेमकिपा, नेकपा माले, राप्रपालगायत दललाई निमन्त्रणा गरिएको छ ।

महाधिवेशनमा रुपान्तरणपछि आवश्यक तयारी गर्न उदघाटन सत्र दुई घण्टा पछाडि सरेको बताइएको छ ।

माओवादी महाधिवेशनमा सुरक्षा व्यवस्था : पाँच सय प्रहरी परिचालन, यस्तो छ ट्राफिक व्यवस्थापन : नेकपा माओवादी केन्द्रको आजदेखि सुरु हुन लागेको प्रथम राष्ट्रिय सम्मेलन एवं आठौं महाधिवेशनलाई लक्षित गरी नेपाल प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ ।

उपत्यकाको सुरक्षा हेर्ने महानगरीय प्रहरी कार्यालय (मेट्रो) रानीपोखरीले शुक्रबारबाटै माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरक्षा बढाएको छ । कार्यक्रम स्थल प्रज्ञा प्रतिष्ठान क्षेत्रमा पनि उल्लेख्यमात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

मेट्रोका प्रहरी नायव महानिरीक्षक (डीआईजी) उत्तमराज सुवेदीले माओवादीको सम्मेलनका लागि पाँच सयभन्दा बढी प्रहरी जनशक्ति परिचालन गरिएको जानकारी दिए । ‘दिनअनुसार परिचालन हुन्छ । प्रत्यक्षरुपमा खटिने जनशक्ति पाँच सय प्लस हुन्छ,’ उनले भने, ‘ पेरिसडाँडामा छुट्टै टोली खटिएको छ । आवश्यकताअनुसार थपिँदै जान्छ ।’

‘उद्घाटन सत्रमा आउने भीआईपीहरुदेखि लिएर कार्यक्रमस्थलको सुरक्षा व्यवस्था मिलाइएको छ । बन्दसत्रका लागि पनि मिलाइएको छ,’ डीआईजी सुवेदीले थपे, ‘यसबाहेक थप हुनसक्ने अप्रिय गतिविधिलाई मध्यनजर गर्दै जनशक्ति परिचालन गरिएको छ ।’

उनकाअनुसार सम्मेलनको सुरक्षाका लागि सीसीटिभी निगरानीदेखि कुकुर परिचालनसम्म गरिएको छ । माओवादी महाधिवेशनलाई लक्षित गरी महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट ट्राफिक व्यवस्थापन पनि मिलाएको छ । ‘मान्छे र गाडीको मुभमेन्ट हुने प्रज्ञा भवन, कमलादी वरिपरीको क्षेत्रमा थप ट्राफिक र ट्राफिकलाई सपार्ट गर्न सिभिल पुलिस पनि खटाएर व्यवस्थापन गरिएको छ,’ सुवेदीले भने ।

पार्किङस्थल प्रज्ञा प्रतिष्ठानको कम्पाउण्ड, पश्चिम एरियातिर पार्किङको व्यवस्था गरिएको छ । ‘धेरै भीडभाड नगर्ने र नेता कार्यकर्ता तथा केही पाहुनामात्र आउनेमात्र आउने भन्ने भएको हुनाले त्यति समस्या नहोला । यद्यपि मुभमेन्ट बढ्दै गए खुला मञ्चमा राख्छौं,’ उनले भने ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


ताजा समाचार
लोकप्रिय
सिफारिस