MKCL 1497 -26 GCIL 498 -5.8 SHIVM 599 -8 UPPER 214.2 -1.8 NMB 263.9 -7.1 SRLI 443.1 -4.9 RHGCL 388 0 CORBL 958.8 -10.2 GVL 538.5 -22 DLBS 1374 30 SMATA 875 -16 MERO 760 0.5 GUFL 735 5 RADHI 397.9 7.9 BBC 4255 50 CIZBD90 1081 1 HATHY 1322 13 BARUN 379 -6.1 TPC 465 6 SMFBS 1505.2 6.2 NICL 990.2 -4.8 GMFIL 623 1 SAGF 9.31 0.01 SIGS2 10.05 0 KBLD86 1115 0 NTC 980.1 -2.4 CHCL 568.9 -8.1 DORDI 429 -3.3 CITY 805 -17 NBLD87 1020 -8 KSBBLD87 1093.4 18.4 EDBL 645 -1.9 MLBBL 1635 15 SHINE 473 -1.8 GBILD86/87 1030 4 HHL 439 -3.2 RMF1 9.15 -0.1 MLBL 398 -6.9 EBLD86 1040 -2 SCBD 1111 6
×
बैंकहरूले ब्याजदरमा पुनर्विचार गर्न उद्योगीको माग



नेपाल उद्योग परिसंघ प्रदेश १ ले बैंकहरूले मनपरी ब्याज लिने गरेकाले उद्योगी मारमा परेका जनाएको छ ।

परिसंघले बैंकको ब्याजदरमा पुनर्विचार नगरे आन्दोलन गर्ने चेतावनीसमेत दिएको छ । आइतबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै अत्यधिक र असमान्य तरिकाबाट ब्याजदर वृद्धि गरेको आरोप लगाएको छ । अत्यन्तै गैर जिम्मेवारी तरिकाबाट बैंकहरूले निक्षेप ब्याजदर बृद्धि गरेको उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरेले बताए ।

उनले बैंकको ज्यादतीको विषयमा आन्दोलन गर्नेसमेत चेतावनी दिएका छन् । उद्योगी व्यवसायीलाई कारबाही गर्ने सरकारले बैकहरूका विषयमा भने मौन देखिएको आरेपसमेत उनले लगाए । मुलकका बैंक राष्ट्रको अर्थतन्त्र उकास्ने माध्यम बन्नुपर्ने बताउँदै घिमिरेले व्यापारी जस्तो नाफा कमाउने उद्देश्यले बैंक प्रेरित भएको बताए ।

पत्रकार सम्मेलनमा उद्योगी पवन सारडाले बैंकहरूको कारण वस्तु आयातमा समस्या भइरहेको बताए । बैंकमा साहुमहाजन प्रथा मौलायो, २० करोडको एलसी खोल्न कागजात पेस गरेपछि ५ करोड रुपैयाँ पहिले नै जम्मा गर्नुपर्ने शर्तले ब्यापारमा असर परेको उनले बताए ।

वैदेशिक व्यापार पैठारीको लागि लामो समयसम्म बैंकहरुले एसली खोल्न आनाकानी गरे कच्चा वस्तुको अभावमा उद्योगहरू स्वतः बन्द हुने चरणमा पुग्ने अर्का उद्योगी महेश जाजुको दाबी छ ।

उद्योगीले बैंकको लगानी कर्ता र उद्योगको लगानी कर्ता फरक-फरक हुनुपर्ने माग पनि गरेका छन् । परिसंघका अध्यक्ष घिमिरेले बैंक संचालकहरू र लगानीकर्ता एउटै हुनुले मुलुकको आर्थिक अवस्था लथालिङ्‍ग खालको हुने बताए ।

बैंकहरूले वैदेशिक व्यापार पैठारीको लागि खोलिने एलसी खोल्न बन्दनै गरेको अवस्था रहेको बताउँदै घिमिरेले यसबाट मुलुकको व्यापार ठप्प हुनुको साथै सामग्रीको आभाव आपूर्तिमा समस्या कच्चा पदार्थको आभावमा उद्योग कारखाना नै बन्द हुने दाबी गरेका छन् । यसबाट रोजगारी र सरकारको राजस्वमामा समेत ह्रास हुने निश्चित देखिएको परिसंघको ठहर छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस