×
Lagani
Lagani Shiksha gif
वोमी लघुवित्तको साधारणसभा १६ पुसमा, लाभांश र मर्जर प्रस्ताव पारित हुने



वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले १६ पुसमा साधारणसभा बोलाएको छ ।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न शुक्रबार बिहान ११ बजे, होटल अरनिको धुलिखेलमा १०औँ वार्षिक साधारणसभा आह्वान गरेको हो।

Lagani Shiksha gif

सभामा कम्पनीको हाल कायम चुक्ता पुँजीको २० प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने र सूर्योदय लघुवित्तसँग एक बराबर एक अनुपातमा मर्ज हुने विशेष प्रस्ताव पारित हुनेछ । मर्जरपछि बन्ने लघुवित्तको नाम सूर्योदय वोमी लघुवित्त कायम गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका एजेण्डा छन् ।

सभा प्रयोजनका लागि लघुवित्तले १-१६ पुससम्म बुकक्लोज गर्ने भएको छ। यद्यपि, मर्जर प्रयोजनका लागि  लघुवित्तको सेयर कारोबार दोस्रो बजारमा रोक्का गरिएको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस