PFL 652 -1 IGI 600 -4 CITY 805 -17 VLBS 902.5 -7.5 MHCL 410 -7 MBL 255 -4 EBLD85 1105 5 SMHL 613.1 -4 CKHL 632 -8 TPC 465 6 KKHC 260 -2 SDBD87 1035 4 NBF2 9.15 -0.05 NICFC 8.97 -0.33 GBBL 447 -6 NLO 242.1 0 SINDU 667 -6 RMF2 9.21 -0.13 HEI 648 -10 MMF1 8.98 0.1 RSDC 735 0 SIGS2 10.05 0 GCIL 498 -5.8 GRDBL 743 5 C30MF 9.74 0 UNLB 2527 -3.9 NUBL 730 2.8 SBID83 1098 8.7 SPC 520 5 PROFL 655 7 BNHC 466.9 0.7 SAMAJ 3321.1 1.1 JBLB 1534 -3 CGH 909 -5 RURU 740 -9.8 SAHAS 505 28 SLBSL 1398.4 21.4 SIFC 628 10 PMHPL 260 -4 ENL 1102 -18
×
सूर्योदय वोमी लघुवित्तको एफपीओमा १६ लाख बढीको आवेदन , जम्मा ४ हजार ६ सय जनाले शेयर पाउने।



सूर्योदय र वोमी लघुवित्तको मर्जपछि बनेको सूर्योदय वोमी लघुवित्तको एफपीओमा आवेदनको ओहिरो लागेको छ।

सीडीएससीको तथ्याङक अनुसार उक्त एफपीओमा १६ लाख ५६ हजार ८२६ आवेदकबाट कुल २ अर्ब ३८ करोड ३७ लाख ९० हजार रुपैयाँ बराबरको२ करोड ३८ लाख ३७ हजार ९०० कित्ता शेयर खरिदका लागि आवेदन प्राप्त भएको छ। यस एफपीओमा मागभन्दा ५१०.१३ गुणा बढी आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिनेछ।

आवेदन अनुसार, ४ हजार ६ सय ७२ भाग्यमानी आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गर्नेछन्, जबकि ९ जनाले थप १-१ कित्ता शेयर पाउनेछन्। यसका आधारमा १६ लाख ५४ हजार ४०३ जनाले शेयर प्राप्त नगर्ने देखिन्छ।संस्थाले गत साउन ४ गतेदेखि एफपीओ बिक्री खुला गरेको हो, जसमा १०० रुपैयाँ अंकित दरका कुल ४६ हजार ७२९.५४५० कित्ता एफपीओ बिक्रीमा ल्याएको छ।

यस एफपीओको बिक्री प्रबन्धक कुमारी क्यापिटल रहेको छ। सूर्योदय वोमी लघुवित्तको कुल चुक्तापुँजी ९१ करोड ७ लाख ८२ हजार ५०८.५० रुपैयाँ रहेको छ, जसमा संस्थापक शेयरधनीको स्वामित्व ७०.३६ प्रतिशत र सर्वसाधारणको स्वामित्व २९.६४ प्रतिशत छ। एफपीओ जारी गर्नको मुख्य उद्देश्य सर्वसाधारणको हिस्सा बढाएर ३० प्रतिशतमा पुर्याउनु हो।

नेपाल राष्ट्र बैंकले मर्जरका लागि दिएको निर्देशन अनुसार, कुल जारी पुँजीको कम्तीमा ३० प्रतिशत शेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने भएकोले यो एफपीओ जारी गरिएको हो।

यस एफपीओलाई क्रेडिट रेटिङ संस्थाले मध्यम सुरक्षा क्षमता भएको ‘केयर एनपी बीबी’ रेटिङ प्रदान गरेको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस