×
Lagani
Lagani Shiksha gif
सूर्योदय वोमी लघुवित्तको एफपीओमा १६ लाख बढीको आवेदन , जम्मा ४ हजार ६ सय जनाले शेयर पाउने।



सूर्योदय र वोमी लघुवित्तको मर्जपछि बनेको सूर्योदय वोमी लघुवित्तको एफपीओमा आवेदनको ओहिरो लागेको छ।

सीडीएससीको तथ्याङक अनुसार उक्त एफपीओमा १६ लाख ५६ हजार ८२६ आवेदकबाट कुल २ अर्ब ३८ करोड ३७ लाख ९० हजार रुपैयाँ बराबरको२ करोड ३८ लाख ३७ हजार ९०० कित्ता शेयर खरिदका लागि आवेदन प्राप्त भएको छ। यस एफपीओमा मागभन्दा ५१०.१३ गुणा बढी आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिनेछ।

Lagani Shiksha gif
sharehubapk सूर्योदय वोमी लघुवित्तको एफपीओमा १६ लाख बढीको आवेदन , जम्मा ४ हजार ६ सय जनाले शेयर पाउने।

आवेदन अनुसार, ४ हजार ६ सय ७२ भाग्यमानी आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गर्नेछन्, जबकि ९ जनाले थप १-१ कित्ता शेयर पाउनेछन्। यसका आधारमा १६ लाख ५४ हजार ४०३ जनाले शेयर प्राप्त नगर्ने देखिन्छ।संस्थाले गत साउन ४ गतेदेखि एफपीओ बिक्री खुला गरेको हो, जसमा १०० रुपैयाँ अंकित दरका कुल ४६ हजार ७२९.५४५० कित्ता एफपीओ बिक्रीमा ल्याएको छ।

यस एफपीओको बिक्री प्रबन्धक कुमारी क्यापिटल रहेको छ। सूर्योदय वोमी लघुवित्तको कुल चुक्तापुँजी ९१ करोड ७ लाख ८२ हजार ५०८.५० रुपैयाँ रहेको छ, जसमा संस्थापक शेयरधनीको स्वामित्व ७०.३६ प्रतिशत र सर्वसाधारणको स्वामित्व २९.६४ प्रतिशत छ। एफपीओ जारी गर्नको मुख्य उद्देश्य सर्वसाधारणको हिस्सा बढाएर ३० प्रतिशतमा पुर्याउनु हो।

नेपाल राष्ट्र बैंकले मर्जरका लागि दिएको निर्देशन अनुसार, कुल जारी पुँजीको कम्तीमा ३० प्रतिशत शेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने भएकोले यो एफपीओ जारी गरिएको हो।

यस एफपीओलाई क्रेडिट रेटिङ संस्थाले मध्यम सुरक्षा क्षमता भएको ‘केयर एनपी बीबी’ रेटिङ प्रदान गरेको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस