×
Lagani
Lagani Shiksha gif
आज देखी नयाँ नोट बजारमा, एक जनाले कति पाउछन ?



आज देखी नयाँ नेपाली रुपैयाँ साटन पाइने भएको छ ।

नेपालीहरुको महान पर्व बडादशैँ, तिहार र छठलाई लक्षित गरेर आज देखी नयाँ नोट साटन पाइने भएको हो ।

Lagani Shiksha gif
sharehubapk आज देखी नयाँ नोट बजारमा, एक जनाले कति पाउछन ?

जसका लागि नेपाल राष्ट्र बैङ्कले आजदेखि नयाँ नोट सटही सुविधा सर्ब साधारणलाइ दिदैँछ । जसअनुसार नेपाल राष्ट्र बैङ्कले काठमाण्डौ उपत्यकाभित्र राष्ट्र बैङ्क अन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैङ्कका शाखामार्फत् नयाँ नोट सटही गर्ने सुबिधा दिएको हाे ।

उता, काठमाण्डौ उपत्यका बाहिरको हकमा भने राष्ट्र बैङ्कको प्रदेशस्थित कार्यालय वा बिभिन्न वाणिज्य बैङ्कका शाखा कार्यालयमा गइ नयाँ नोट साट्न सकिने गरी ब्यबस्था मिलाएकाे छ ।

राष्ट्र बैङ्कले हरेक बर्ष दशै‌ अगाबै चाडबाडकाे अवसरमा नयाँ नोट सटहीको सुविधा सर्बसाधारणलाइ दिँदै आएको छ । यस वर्ष पनि अघिल्ला वर्षहरुमा जस्तै ५, १०, २०, ५० र एकसय रुपैयाँका नोट साट्ने व्यवस्था मिलाएको राष्ट्र बै‌कले जनाएकाे छ । प्रति ब्यक्ति १८ हजार ५ सय रुपैयाँको दरले नयाँ नोट सटहीको बव्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
2 Comments
Most Voted
Newest Oldest
dil
Guest
dil
October 16, 2023 9:57 am

त्यसका साडे!

Rina
Guest
Rina
October 16, 2023 3:33 pm

Kasle vanyo? Yaha ta sabaile Naya aaudina vanchhan ta.



साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस