×
Lagani
Lagani Shiksha gif
वोमी लघुवित्तको २० प्रतिशत लाभांश घोषणा



वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षसम्मको वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। लघुवित्तको २५ कात्तिकमा बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि मात्रै सेयरधनीले पाउँनेछन् । हाल लघुवित्तको चुक्ता पूँजी ४१ करोड १९ लाख ४४ हजार चार सय रुपैयाँ रहेको छ । २० प्रतिशतका दरले आठ करोड २३ लाख ८८ हजार आठ सय ८० रुपैयाँ बराबरको बोनस सेयर वितरणपश्चात लघुवित्तको चुक्ता पूँजी ४९ करोड ४३ लाख ३३ हजार दई सय ८० रुपैयाँ पुग्नेछ।

Lagani Shiksha gif
sharehubapk वोमी लघुवित्तको २० प्रतिशत लाभांश घोषणा

साथै, वोमी लघुवित्त र ग्रामीण स्वयंसेवक लघुवित्त आपसमा मर्जर भइ एकीकृत कारोबार सुरु गरेकाले आयकर ऐन बमोजिम बोनस सेयरमा लाग्ने कर छुटको सुविधाको उपयोग गरिने लघुवित्तले जनाएको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस