नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी नेकपा सर्वोच्च अदालतले विभाजन गरेको नभई तत्कालीन नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित नेताहरु माधवकुमार नेपाल र झलनाथ खनालहरूले फुटाएको बताएका छन।
एमाले प्युठान–काठमाडौं सम्पर्क मञ्चले शनिबार पार्टीको केन्द्रिय कार्यालय च्यासलमा गरेको कार्यक्रममा उनले यस्तो भनेका हुन् । साथै उनले प्रचण्डको प्रधानमन्त्री हुने सम्भावना समाप्त हुन लागेको टिप्पणी गरेका छन् ।
उनले भने ‘पुष्पकमल दाहालजी प्रधनमन्त्रीको इच्छा गरिरहनुभएको छ, मलाइ लाग्छ उहाँले ढिला गर्नुभयो निर्णय गर्न ढिला गर्नुभयो’।
प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted