EBLD86 1040 -2 SBL 345 -8.1 AHPC 267 -0.6 SBID83 1098 8.7 SNMAPO 190 0 SJLIC 477 -7.5 RNLI 495.5 1.5 NMB 263.9 -7.1 GVL 538.5 -22 KDBY 9.21 -0.23 GHL 218.5 -1.1 SMHL 613.1 -4 SFMF 10.2 -0.2 SAEF 11.22 0.17 SRBLD83 1065 -10 SMATA 875 -16 NBBD2085 1100 0 MNBBL 395.8 -0.8 TAMOR 482.9 -2.1 AKPL 248.5 -2.5 RAWA 889 29 SPL 813 -12.1 NLO 242.1 0 RSDC 735 0 UNLB 2527 -3.9 LUK 9.21 -0.09 NMBMF 695 -10 SEF 9.51 -0.24 PBD84 1065 1.7 HBL 260 -13 SDBD87 1035 4 SHINE 473 -1.8 PBLD87 1028 -2 MFLD85 1050 -20 NSIF2 10.52 0.02 LLBS 1050 5 SHEL 242.9 -4.7 AKJCL 209 -3 FOWAD 1479 0 MKHC 339 -1
×
बालेनलाई सुकुम्बासी बस्ती हटाउनबाट रोक्दै भूमि आयोग।



काठमाडौं महानगरपालिकाले सुकुम्बासी बस्ती हटाउने प्रयास गरेपछि राष्ट्रिय भूमि आयोगले त्यसलाई रोक लगाउने तयारी गरेको छ ।

आयोगले शुक्रबार सार्वजनिक सूचनामार्फत त्यस्तो नगर्न भनेको छ । आयोगले सबै स्थानीय तह र सबै सरकारी तथा गैह्र सरकारी निकायहरूलाई कुनै पनि स्थानका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीका बस्ती हटाउने र उनीहरू असुरिक्षत हुने गरी कुनै पनि काम गर्न भनेको छ ।

राष्ट्रिय भूमि आयोग र स्थानीय तहहरूबीच कार्य सहमति पत्रमा हस्ताक्षर भई भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्नका लागि लगत संकलन र विगतका आयोग र समितिहरूका बाँकी काम सम्पन्न गर्न ३५ दिने सूचना प्रकाशित भएको थियो । तर निर्वाचन आयोगको निर्देशनअनुसार गत भदौ ३१ बाट यो काम स्थगन भएको थियो ।

आयोगले आचारसंहिता लागू नहुने सूचना जारी गरेपछि भूमि आयोगले आफ्नो काम अघि बढाउने उल्लेख छ । त्यतिञ्जेल सुकुम्बासी बस्ती नहटाउन आयोगले सूचना जारी गरेको हो ।

सुकुम्बासी बस्ती हटाउन डोजरसहित पुगेको महानगरको टोली र बस्तीका बासिन्दाबीच झडप भएको थियो । झडपकका क्रममा महानगर सुरक्षा बल र सुकुम्बासी बस्तीका केही मानिस घाइते भएका थिए ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस