LUK 9.21 -0.09 SHINE 473 -1.8 NIBSF2 8.9 0.08 VLUCL 588 -1.9 PRVU 248 -10 MCHL 488.3 -3.7 NIL 912 8 NICFC 8.97 -0.33 SIFC 628 10 GUFL 735 5 MHCL 410 -7 SINDU 667 -6 HEI 648 -10 NESDO 2229 -18 SAMAJ 3321.1 1.1 CYCL 1540 -7 EHPL 840 7.9 GBBL 447 -6 DDBL 916.2 3.1 USLB 1467 -2.9 PPCL 262 -5.2 JBBL 351 -3.1 NABBC 631 -12 AKPL 248.5 -2.5 ULHC 390 -7.9 SMJC 574 -6 GVL 538.5 -22 RURU 740 -9.8 BPCL 449 -7 SWMF 812 -13 BHL 440 -13 SIGS3 9.45 0.09 DLBS 1374 30 GBLBS 738 -10 MFIL 768 48 NBF2 9.15 -0.05 ENL 1102 -18 SIGS2 10.05 0 PHCL 465.1 -9.9 ILI 483.5 -2.5
×
कहाँ-कहाँ जित्यो राष्ट्रिय स्वतन्त्र पार्टीले ?



रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा तीन निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ ।

मुलकभर मतगणना जारी रहँदा स्वतन्त्र पार्टीले काठमाडौंका १० मध्ये तीन निर्वाचन क्षेत्रमा जित हासिल गरेको हो । काठमाडौं–२ मा उपाध्यक्ष सोविता गौतम, ७ मा गणेश पराजुली र ८ मा विराजभक्त श्रेष्ठ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

गौतम १५ हजार २२९ मतसहित विजयी भएकी हुन् । उनले एमालेका मणिराम फुयाललाई हराइन । फुयालले ११ हजार ५५५ मत पाए । राप्रपाका कुन्तीदेवी पोखरेलले ११ हजार १४ मत ल्याउँदा पूर्वसभामुखसमेत रहेकी माओवादी केन्द्रकी ओनसरी घर्तीमगर ९ हजार ४४९ मतसहित चौथो स्थानमा रहिन् ।

काठमाडौं ७ मा पनि एमाले नै निकटतम प्रतिस्पर्धी बनेको छ । पराजुली ८ हजार ७४३ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका शिवकुमार घिमिरेले ६ हजार ८०० मत मात्र पाए  । माओवादी केन्द्रकी मानुषी यमी भट्टराईले ६ हजार ६३ मतमा चित्त बुझाइन् ।।

काठमाडौं ८ बाट विराजभक्त श्रेष्ठ १० हजार १०५ मतसहित निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी हाम्रो नेपाली पार्टीका सुमन सायमीले ६ हजार १७४ मत पाए । सत्ता गठबन्धनका उम्मेदवार समेत रहेका एकीकृत समाजवादीका नेता तथा पर्यटनमन्त्री मन्त्री जीवनराम श्रेष्ठले ४ हजार ८७७ मत पाए ।

पाँच क्षेत्रमा लिड गर्दै स्वतन्त्र पार्टी
राष्ट्रिय स्वतन्त्र पार्टी मतगणना जारी भएका पाँच निर्वाचन क्षेत्रमा लिड गरिरहेको हो । सुनसरी-२ मा लालविक्रम थापा, काठमाडौं-६ मा शिशिर खनाल, चिवतन-१ मा हरि ढकाल र २ मा रवी लामिछाने तथा ललितपुर-३ मा तोसिमा कार्कीले लिड गरिरहेका हुन् ।  ७ असार ०७९ मा मात्र गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टी मुलुककै कान्छो दल हो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस