×
Lagani
Lagani Shiksha gif
लगानीकर्ताको नारा : अयोग्य गभर्नर राजिनामा दे !



नेप्से पुगेका लगानीकार्ता माथि प्रहरीको हस्तक्षेप गरेर प्रदर्शन गर्न नदिएसँगै उनीहरुले माइतीघरमा पुगेर प्रदर्शन गरेका छन् ।

आन्दोलनमा लगानीकर्ताले “अयोग्य गभर्नर राजिनामा दे !” भन्दै नारा लगाइरहेका छन् । नेप्से घेराउ गर्न पुगेका समितिका संयोजक तिलक कोइराला,नवराज उप्रेती ,नानीबाबु खरेल , सिताराम सन्जेल,पासाङ शेर्पा ५ जनालाई सिहदरबार प्रहरी वृत्तमा राखिएको छ ।

उता असार १ गतेदेखि आमरण अनशन सुरु गर्ने बताएका पूजी बजार संघर्ष समितिका संयोजक तिलक कोइरालाले प्रहरीद्वारा हस्तक्षेप भएपछि आजबाट आमरण अनशन सुरु भएको घोषणा गरेका छन् । उनीहरुले पक्राउ परेका लगानीकर्ताको रिहाईको माग गर्दै प्रदर्शन गरेका हुन् ।

नेप्से अगाडि प्रदर्शन गर्न गएका लगानीकर्तालाई प्रहरीले निषेधित क्षेत्रमा प्रदर्शन गर्न नपाइने बताउदै उनीहरुलाई पक्राउ गरेको थियो । सरकारले साढे ३ वर्ष अघि नै गरिसक्छु भनेका कामहरु पूरा नगर्दा अहिले पुँजी बजारमा गंभीर संकट आएको भन्दै १९ बुँदे मागसहित कोइराला असार १ गतेदेखि आमरण अनशनमा बस्ने घोषणा गरिसकेका छन् ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी पूँजी बजारका लागि गलत रहेका लगानीकर्ताहरूको आरोप छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार
लोकप्रिय
सिफारिस