×
Lagani
Lagani Shiksha gif
बलेफी हाइड्रोपावरको शेयर नेप्सेमा सुचिकृत , ओपनिङ्ग रेञ्ज कति ?



बलेफी हाइड्रोपावरको शेयर नेप्सेमा सुचिकृत भएको छ।

आज मिति २०७९/०२/१० का दिन नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र बलेफी हाइड्रोपावर लिमिटेड बीच साधारण शेयर सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको छ । आज कम्पनीको प्रति शेयर अंकित तथा चुक्ता मूल्य रु.१०० कायम भएको १,८२,७९,७०० कित्ता शेयर नेप्सेमा सुचिकृत भएको हो।

Lagani Shiksha gif
sharehubapk बलेफी हाइड्रोपावरको शेयर नेप्सेमा सुचिकृत , ओपनिङ्ग रेञ्ज कति ?

कम्पनीले सर्वसाधारण समक्ष ग्लोबल आइएमई क्यापिटल लिमिटेड (धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक) मार्फत साधारण शैयर खुल्ला ” बिक्री आव्हान गरेको थियो । यसरी उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुमा वितरण गरिएको १८,२७,९७० कित्ता (१०%), सर्वसाधारण लगानीकर्ता शेयरधनीहरुमा वितरण गरिएको (सामूहिक लगानी कोष र कर्मचारीहरु समेत) १८,२७,९७० (१०%) र कम्पनीका संस्थापकहरुले लगानी गरेको १,४६,२३,७६० कित्ता (50%) शेयर (धितोपत्र) समेत गरी जम्मा १,८२,७९,७०० (१००%) कित्ता साधारण शेयर वितरण भई धितोपत्र सूचिकरण विनियमावली, २०७५ बमोजिम मिति २०७९ /०२/०९ गतेको निर्णयानुसार यस स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकरण गरिएको हो।

नेप्सेले दोश्रो बजारमा कारोबार गर्नको लागि कम्पनीलाई BHL कारोबार संकेत प्रदान गरेको छ।  कम्पनीको कारोबारको लागि नेप्सेले रु  ९३.६४ देखि रु २८०.९२ ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र उक्त कम्पनी बीच धितोपत्र सूचीकरण सम्झौता सम्पन्न भएको दोस्रो दिनवाट यस स्टक एक्सचेञ्ज लिमिटेडंमा उक्त कम्पनीको धितोपत्रको दोस्रो बजार कारोबार शुरु हुनेछ । प्रस्तुत कम्पनीको प्रधान कार्यालय काठमाडौं जिल्ला,
टेकुमा रहेको र सूचीकरण पश्चात्‌ दिनु पर्ने RTS  सेवा ग्लोबल आइएमई क्यापिटल लिमिटेड, नक्साल, काठमाडौंबाट हुने छ।

BHL 1653380769417 scaled बलेफी हाइड्रोपावरको शेयर नेप्सेमा सुचिकृत , ओपनिङ्ग रेञ्ज कति ?

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस