×
बोनस लिनको लागि कर जम्मा गर्न वोमी लघुवित्तको आग्रह



वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस बापतको लाग्ने कर जम्मा गर्न आग्रह गरेको छ ।

कम्पनीले २०७७ चैत ३ गतेदेखि २०७८ मंसिर २९ गतेसम्मका कायम शेयरधनीहरुलाई कम्पनीको शेयर रजिष्ट्रार कुमारी क्यापिटल वा कुमारी बैंक लिमिटेडको कुनैपनि शाखा कार्यालयमा सम्पर्क राखि KCL-WOMI TAX COLLECTION 2077/78 नामको खाता नम्बर ०१३००९८४०७२०००३७ मा उक्त बोनसमा लाग्ने कर बापतको रकम जम्मा गर्न अनुरोध गरेको छ ।

कम्पनीको गत पुस १६ गते सम्पन्न १०औं साधारण सभाले आव २०७७/०७८ को नाफाबाट शेयरधनीलाई  २० प्रतिशत बोनस वितरण गर्ने निर्णय गरेको हो  । त्यस्तै , हालसम्म पनि शेयर शेयर अभौतिकीकरण नगरेका शेयरधनीहरुलाई  शेयर अभौतिकीकरण गराएपछि मात्र बोनस डिम्याट खातामा पठाउने कमपनीले जानकारी गराएको छ ।

कम्पनीको शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड रहेको छ । करको विवरण कुमारी क्यापिटलको साइट बाट हेर्न सक्नु हुने छ।

1647568367 बोनस लिनको लागि कर जम्मा गर्न वोमी लघुवित्तको आग्रह

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस