×
Lagani
Lagani Shiksha gif
राष्ट्र बैंकको निर्देशन नमानेको भन्दै नविल ,मेगा सहित १४ वाणिज्य बैंक कारबाहीमा



चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा राष्ट्र बैंकले १४ वटा वाणिज्य बैंकहरुलाई कारबाही गरेको छ ।

राष्ट्र बैंकको निर्देशन उल्लघन गरेको भन्दै राष्ट्र बैंकको सुपरीवेक्षण विभागले उक्तहरु बैंकलाई कारवाही गरेको हो। तीन महिना अघि मुद्दती निक्षेपको ब्याजदर परिवर्तन गरेको, केही कम्पनीहरुको खाता रोक्का राख्न दिएको निर्देशन पालना नभएको, मुद्दती निक्षेप र साधारण निक्षेपको ब्याजअन्तर ५ प्रतिशतभन्दा बढी राखेको, निर्देशन अनुसार अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपात कायम नगरेको  कारण ति बैंकहरु कारबाहीमा परेका हुन्।

नबिल बैंक, राष्ट्रिय वाणिज्य बैंक, प्रभु बैंक, नेपाल एसबीआई, स्ट्याण्डर्ड चार्टर्ड बैंक,  नेपाल बैंक, हिमालयन बैंक, नेपाल बंगलादेश बैंक, एनसीसी बैंक, सिटिजन्स बैंक, सेञ्चुरी बैंक , मेगा बैंक, एनएमबि बैंक र सनराइज बैंक कारबाहीमा परेका हुन्।

कोभिडका कारण चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कुनै पनि बैंकलाई कारबाही नगरेको राष्ट्र बैंकले दोस्रो त्रैमासबाट मात्र कारबाही गर्न सुरु गरेको छ । प्रभु बैंकलाई अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपात कायम नगरेको भन्दै  १ लाख ८० हजार ४ सय ३० रुपैयाँ जरिवाना गरिएको छ ।

त्यस्तै राष्ट्र बैंकले राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, हिमालयन बैंक, नेपाल एसबिआई, नेपाल बंगलादेश, एनसीसी, सिटिजन्स, सनराइज, मेगा र सेन्चुरीलाई  नियम विपरित तीन महिना अघि मुद्दती निक्षेपको ब्याजदर परिवर्तन गरेको भन्दै बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको छ ।

enforncement page 001 scaled e1647418442792 राष्ट्र बैंकको निर्देशन नमानेको भन्दै नविल ,मेगा सहित १४ वाणिज्य बैंक कारबाहीमा

enforncement page 002 scaled e1647418466611 राष्ट्र बैंकको निर्देशन नमानेको भन्दै नविल ,मेगा सहित १४ वाणिज्य बैंक कारबाहीमा

enforncement page 003 scaled e1647418486452 राष्ट्र बैंकको निर्देशन नमानेको भन्दै नविल ,मेगा सहित १४ वाणिज्य बैंक कारबाहीमा

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार
लोकप्रिय
सिफारिस