×
बैंक अफ काठमाण्डूका कार्डवाहकलाई दराज योजनामा २० प्रतिशतसम्म छुट



बैंक अफ काठमाण्डू (बीओके) का डेबिट तथा क्रेडिट कार्डवाहकले दराजको दशैं धमाका योजनामा २० प्रतिशतसम्म छुट पाउने भएका छन् ।

दशैंलाई लक्षित गरी दराजले असोज १० गतेबाट संचालनमा ल्याएको दशैं धमाका योजनामा बैंकको कार्डबाहकहरुले आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनको माध्यमबाट प्रिपेमेन्ट गर्दा २० प्रतिशतसम्मको छुटको सुविधा उपयोग गर्ने सक्नेछन्।

कार्डबाहक महानुभावहरुले योजनाबाट आफूलाई आवश्यक सामान खरिद गरी अनलाइन माध्यममार्फत प्रि–पेमेन्ट गर्दा बैंकको डेबिट कार्ड प्रयोग गरे २० प्रतिशत वा अधिकतम २ हजार रुपैयाँसम्म छुट पाइनेछ । क्रेडिट कार्ड प्रयोग गर्दा पनि २० प्रतिशत वा अधिकतम २ हजार ५ सय रुपैयाँसम्म छुट रहेको बैंकले बताएको छ । यसबाहेक पनि छुट योजनामा ग्राहकले विभिन्न राष्ट्रिय/अन्तर्राष्ट्रिय ब्रान्डका सामान खरिद गर्न सक्नेछन् ।

बैंक अफ काठमाण्डूले ९० शाखा कार्यालयहरु, ८१ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस