PHCL 465.1 -9.9 NBLD87 1020 -8 NWCL 975 -13.9 NMBD87/88 1027 -3 CLI 634 -4.9 BHL 440 -13 JSLBB 1513.9 38.9 NMB 263.9 -7.1 SANIMA 326 -10.2 MPFL 751 5 SHPC 525 -3.9 SNMAPO 190 0 NBL 292.2 1.2 SEF 9.51 -0.24 NLIC 814 -13.4 DDBL 916.2 3.1 DOLTI 538 10 SAGF 9.31 0.01 VLUCL 588 -1.9 SCB 691.1 3.6 NIBLSTF 8.68 0 SAMAJ 3321.1 1.1 ICFC 823.9 74.9 MND84/85 1030 2 SIKLES 707 -3 JBBL 351 -3.1 PBD84 1065 1.7 NESDO 2229 -18 SFEF 9.29 0.22 RHGCL 388 0 CHCL 568.9 -8.1 SPL 813 -12.1 NGPL 472 -2.9 SBL 345 -8.1 SHEL 242.9 -4.7 SLCF 9.21 -0.1 NABBC 631 -12 API 289.5 2.5 GCIL 498 -5.8 SNLI 585.1 -0.9
×
मध्य भोटेकोशीको आइपियोमा पहिलो दिन ६०१ जनाको आवेदन



मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडको आईपीओमा पहिलो दिन ६०१ जनाले आवेदन दिएका छन ।

मध्य भोटेकोशी जलविद्युत कम्पनी लि.ले प्रति शेयर अंकित मूल्य रु.१००/दरका १,५०,००,००० कित्ता शेयर मध्ये  १८,००,००० कित्ता शेयर आयोजना प्रभावित क्षेत्र अन्तर्गत सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका वडा नं. १ र ५ (साविक लिस्ती गा.वि.स. र साविक मार्मिङ गा.वि.स.), बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ (साविक गाती गा.वि.स.) र बाह्रबिसे नगरपालिका वडा नं. ७ र ८ (साविक घुम्थाङ्ग गा.वि.स. र साविक मानेश्वरा गा.वि.स.) तथा ४२,००,००० कित्ता शेयर उक्त प्रभावित क्षेत्र बाहेक सिन्धुपाल्चोक जिल्लाको अन्य क्षेत्रका बासिन्दाहरुको लागिै को यही मिति २०७८ बैशाख २१ गतेदेखि निष्कासन तथा बिक्री खुल्ला गरेको छ।

उक्त शेयर निष्कासन बन्द छिटोमा २०७८ जेठ ०४ गते (बैकिङ्ग समय पश्चात्) र ढिलोमा २०७८ जेठ २० गते (बैकिङ्ग समय पश्चात्) हुने छ। शेयर खरीदका लागि आवेदन दिंदा न्यूनतम ५० कित्तादेखि अधिकतम ४०० कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । यो आईपीओ विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

लगानीकर्ताहरुले यस आईपीओमा ग्लोबल आइएमई बैंक, लक्ष्मी बैंक, मेगा बैंक, नेपाल क्रेडिट एण्ड कमर्श बैंक, सिन्धु विकास बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सिभिल बैंक, प्रभु बैंक, नेपाल बंगलादेश बैंक, कुमारी बैंक, बैंक अफ काठमाण्डू र एनआईसी एसिया बैंकका सिन्धुपाल्चोक शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

दरखास्त फारमका साथ संलग्न गर्नुपर्ने कागजातहरु:

आवेदकको हालसालै खिचिएको फोटो
आवेदन गर्ने शेयर संख्या अनुसार रु १०० प्रति कित्ता शेयरले गुणन गर्दा हुन आउने रकम जम्मा भौचर
(एक आवेदकले न्युनतम ५० कित्ता देखी अधिकतम ४०० कित्ता आवेदन गर्न सकिने )
आवेदकको दस्तखत
आवेदकको नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि (नाबालक आवेदक बाहेकका सबै आवेदकले अनिवार्य रुपमा संलग्न गर्नुपर्ने )
यस अतिरिक्त आवेदकले तल उल्लेख भए अनुरुपका थप कागजातहरु पनि संलग्न गर्नुपर्नेछ

नाबालकको हकमा

सम्बन्धित स्थानिय निकायबाट जारी भएको जन्म दर्ता वा नाबालक परिचयपत्रको प्रमाणित प्रतिलिपि र संरक्षकको नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि र दस्तखत
अन्य जिल्ला बाट नागरिकता प्रमाणपत्र जारी भई सन्धुपाल्चोक जिल्लाका स्थानिय बासिन्दा सँग वैवाहिक सम्बन्ध कायम भएका महिलाहरुको हकमा

विवाह दर्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि
अन्य जिल्ला बाट नागरिकता प्रमाणपत्र जारी भई सिन्धुपाल्चोक जिल्लामा मिति २०७८/०१/१३ वा सो भन्दा अगाडि बसाई सराई गरिआएका व्यक्तिहरुको हकमा

बसाइ सराइ को प्रमाणपत्रको प्रमाणित प्रतिलिपि

सिन्धुपाल्चोक जिल्लाका बासिन्दाको लागि निष्कासन गरिएको शेयर आवेदन दिन योग्य आवेदकहरु :

सिन्धुपाल्चोक जिल्लाबाट जारी नागरिकता प्रमाणपत्र वा तहाँको सम्बन्धित स्थानिय निकायबाट जारी भएको जन्म दर्ता वा नाबालक परिचयपत्र भएका व्यक्तिहरु ।
सिन्धुपाल्चोक जिल्लाका पुरुषसँग वैवाहिक सम्बन्ध कायम भएका महिलाहरु । (सम्बन्धित स्थानिय निकायबाट जारी भएको विवाह दर्ता प्रमाणपत्र संलग्न हुनुपर्ने)
सिन्धुपाल्चोक जिल्लामा मिति २०७८/०१/१३ वा सो भन्दा अगाडि बसाई सराई गरिआएका व्यक्तिहरु (सम्बन्धित स्थानिय निकायबाट जारी भएको बसाई सराई प्रमाणपत्र संलग्न हुनुपर्ने )
माथि उल्लेख भएका सिन्धुपाल्चोक जिल्लाका बासिन्दा भएपनि निम्न लिखित बासिन्दा यस निष्कासनमा आवेदन दिन अयोग्य रहनेछन्ः

 

सिन्धुपाल्चोक जिल्लाबाट जारी नागरिकता प्रमाणपत्रको हकमा

आवेदक स्वयमले प्रमाणित गरेको नागरिकता प्रमाणपत्रको प्रतिलिपिमा स्वयमले दस्तखत गरेको हुनुपर्ने
नाबालकको हकमा संरक्षकले प्रमाणित जन्मदर्ता वा नाबालक परिचयपत्र तथा संरक्षकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
सिन्धुपाल्चोक जिल्लाबाट नागरिकता प्रमाणपत्र जारी नभएको तर स्थानिय बासिन्दाको रुपमा आवेदन दिन पाउनेको हकमा

विवाहित महिलाको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि बसाई सराई गरी आएकाहरुको हकमा मिति २०७८/०१/१३ वा सो भन्दा अगाडि बसाई सराई गरी आएको बसाई सराई प्रमाणपत्रको प्रतिलिपि

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस