×
Lagani
Lagani Shiksha gif
अजोड इन्स्योरेन्सको ५०% हकप्रद स्थगित



अजोड इन्स्योरेन्सको ५०% हकप्रद जारी गर्ने प्रस्ताव स्थगित गर्ने निर्णय गरेको छ ।

बिमा समितिको निर्देशनपछि कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले हकप्रद जारी गर्ने विशेष प्रस्ताव स्थगित गर्ने निर्णय गरेको हो । अजोड इन्स्योरेन्सले चैत १७ गते ५०% हकप्रद निष्कासन गर्ने विशेष प्रस्तावसहित वैशाख ७ गते वार्षिक साधारण सभा बोलाउने सूचना जारी गरेपनि समितिसँग अनुमति नै नलिई हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव साधारण सभामा लैजान लागेपछि उक्त एजेन्डा हटाउन निर्देशन दिएको थियो ।
1407 अजोड इन्स्योरेन्सको ५०% हकप्रद स्थगित

Lagani Shiksha gif
sharehubapk अजोड इन्स्योरेन्सको ५०% हकप्रद स्थगित

यो पनि पढ्नुहोस :

अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले इन्साइडर ट्रेडिङ गरी आर्थिक अपराध गरेको भन्दै लगानीकर्ताले उजुरी दर्ता गरे पछी नेपाल धितोपत्र बोर्डले अनुसन्धान गर्नको लागि समिति बनाएको छ।

लगानीकर्ताले कम्पनीकाे उच्च व्यवस्थापनले ५० प्रतिशत हकप्रद घाेषणा पुर्व नै आफन्त र नातेदारका नाममा ठुलाे परिमाणमा सेयर खरिद गरेर मात्रै सूचना प्रकाशन गरेकाे देखिएकाे भनि अनुसन्धान गर्न भनि निवेदन दिएका थिए ।यस अनियमिततामा संलग्न कम्पनीका ४ जना सञ्चालक, सीइओ, अध्यक्ष र सचिवलाई नियन्त्रणमा लिई आवश्यक छानबिन गरिदिन आग्रह गर्दै लगानीकर्ताले उजुरी दर्ता गरेका हुन।

नेपाल धितोपत्र बोर्डले प्रकासन गरेको विज्ञप्ति यसप्रकार छ।

“अजोड इन्स्योरेन्स लिमिटेडको हकप्रद शेयर निष्काशन गर्ने सूचना सार्वजनिक हुनु अघि नै धितोपत्र कारोबारमा वृद्धि भएको सम्बन्धमा विभिन्न सञ्चार माध्यममा आएका समाचार तथा बोडमा प्राप्त गुनासा सम्बन्धमा बोडंको ध्यानाकर्षण भएको छ ।

सो सम्बन्धमा बोर्डले मिति २०७७/१२/१८ मा सो सम्बन्धी कारोबारको अवस्था, प्रारम्भिक सुपरिवेक्षणमा देखिएको विवरण तथा कारोबार सम्बन्धी विवरण बोर्डमा पेश गर्न नेपाल स्टक एक्सचेञ्जलाई पत्राचार गरेको थियो । धितोपत्र बजारले मिति २०७७/१२/१९ को पत्र मार्फत्‌ अजोड इन्स्योरेन्स लिमिटेडको हकप्रद शेयर निष्काशन गर्ने सूचना प्रकाशन अघि नै मिति २०७७/१२/१६ गते भएको धितोपत्र कारोबारमा १०% वाद्धि भई सकिट लागेको भनि सो कारोबार सम्बन्धी विवरण बोर्डमा पेश गरेको छ ।

यसै सन्दर्भमा उल्लेखित कारोबारका सम्बन्धमा थप अध्ययन“ अनुसन्धान गर्न नेपाल धितोपत्र बोर्डले बोर्डका निर्देशकको संयोजकत्वमा आजै एक उप-समिति गठन गरी जाँचबुझ कार्य अगाडि बढाइसकेको र यस सम्बन्धमा कनै भित्री कारोवार भएको पाइएमा नियमानुसार कारवाही अगाडि बढाइने व्यहोरा जानकारी गराउँदछौं । साथै धितोपत्र बजारका स्थापित मूल्य, मान्यता अनुरुप बजारलाई स्वच्छ र पारदर्शी रुपमा सञ्चालन गर्न अनुरोध गर्दछौं ।”

अजोड इन्स्योरेन्स

नेपाल धितोपत्र बोर्डले प्रकासन गरेको विज्ञप्ति

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस