×
Lagani
Lagani Shiksha gif
सात महिनामा ४० लाखभन्दा बढी मोबाइल सेट नेपाल भित्रिए, मोबाइल खरिदमा २८ अर्ब ३८ करोड बाहिरियो



चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो साता महिनामा विभिन्न देशबाट नेपालमा ४० लाखभन्दा बढी मोबाइल सेट भित्रिएको पाइएको छ ।

ती मोबाइल सेट खरिद गर्नको लागि नेपालबाट २८ अर्ब ३८ करोड रुपैयाँभन्दा बढी रकम बाहिरिएको छ ।  भन्सार विभागले आज सार्वजनिक गरेको विवरण अनुसार २०७८ साउदेखि माघ मसान्तसम्मको अवधिमा नेपालमा ४० लाख ५ हजार ८०४ थान मोबाइल सेट भित्रिएको छ ।

Lagani Shiksha gif
sharehubapk सात महिनामा ४० लाखभन्दा बढी मोबाइल सेट नेपाल भित्रिए, मोबाइल खरिदमा २८ अर्ब ३८ करोड बाहिरियो

सोही अवधिमा ती मोबाइल सेट खरिद गर्न नेपालबाट २८ अर्ब ३८ करोड ५६ लाख २७ हजार रुपैयाँ बाहिरिएको छ । मोबाइल सेटको आयातबाट नेपाल सरकारले ४ अर्ब ४९ करोड ११ लाख ९४ हजार रुपैयाँ राजस्व उठाएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ को सुरुवाती सात महिनामा नेपालले विभिन्न देशबाट २४ अर्ब ६ करोड ८१ लाख ७० हजार रुपैयाँको ४३ लाख ६८ हजार ८७२ थान मोबाइल सेट खरिद गरेको थियो । अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो सात महिनामा नेपालले मोबाइल सेट आयतमा ४ अर्ब ३१ करोड ७४ लाख ५७ हजार रुपैयाँ बढी खर्च गरेको छ ।

गत आर्थिक वर्ष २०७७/७८ मा नेपालले विभिन्न देशबाट ३६ अर्ब ९० करोड ४५ लाख ८४ हजार रुपैयाँको मोबाइल सेट खरिद गरेको थियो । सो मुल्यमा नेपालमा ७० लाख ३० हजार ३६६ थान मोबाइल सेट नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस