×
Lagani
Lagani Shiksha gif
कहिले हुदै छ राष्ट्र उत्थान लघुवित्तको आईपीओ बाँडफाँड ? जान्नुहोस



राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले निस्कासन गरेको आईपीओ कहिले बाँडफाँड होला भन्ने चासो सबैमा रहेको छ ।

सबैको चासो मेटाउन आज हामीले बिक्री प्रबन्धक संग कुरा गरेका छौ।  बिक्रि प्रबन्धकले  कम्पनीको आईपीओकाे साताभित्र बाँडफाँड गर्ने गरि हाल डाटा भेरिफिकेसनकाे काम गरिरहेको जनाएको छ । उक्त कार्य सकिएपछि प्री-अलाेटमेन्ट सम्पन्न गरी बाँडफाँडकाे मिति ताेकिनेछ ।

Lagani Shiksha gif

लघुवित्तले   ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ जारी गरेको हो। लघुवित्तले निष्काशन गरेको  कुल ८ लाख ५० हजार कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात १३ हजार कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ४२ हजार ५०० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ। सर्वसाधारणकालागि बाँकी ७ लाख ९४ हजार ५०० कित्ता शेयरका सुरक्षित गरिएको छ।

लघुवित्तकाे आईपीओमा अन्तिम दिनसम्म २६ लाख ३४ हजार ६ सय २६ जना आवेदकले ३ करोड ५ लाख ३१ हजार ३ सय ७० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारणकाे लागि माग गरिएकाे भन्दा ३८.४२ गुणा धेरै आवेदन हो ।

हाल सम्मको तथ्याङ्क हेर्दा जम्मा ३.०२४ प्रतिसत आर्थत ७९ हजार ४ सय ५० जनाले १० कित्ताको दरले शेयर हात पर्ने देखिन्छ भने बाकि ९७ प्रतिसत आर्थात २५ लाख बढीको हात खालि हुने छ।  तर यो अन्तिम तथ्याङ्क भने हैन।

हाल लघुवित्तको चुक्ता पूँजी १७ करोड ५० लाख रुपैयाँ रहेको छ भने आईपीओ बाँडफाँड पश्चात चुक्ता पूँजी २६ करोड रुपैयाा पुग्नेछ ।सो आइपीओमा छिटोमा फागुन ८ गते र ढिलोमा फागुन १८ गतेसम्म आवेदन दिन सकिने ब्याबस्था थियो ।

आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा रेटिङ्ग नेपालले लघुवित्तलाई इक्रा एनपी आईआर डबल बि रेटिङ्ग प्रदान गरेको छ। यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस