राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्काशन गरेको आईपीओमा आवेदनको ओहिरो लागेको छ।
आज साझ ५ बजे सम्म कम्पनीको आईपीओमा २६ लाख २६ हजार ९० जना सर्वसाधारणले ३ करोड ४ लाख ३१ हजार ३ सय ७० कित्ताका लागि आवेदन दिएका छन जुन कम्पनीले सर्बसाधारणको लागि निष्कासन गरेको ७ लाख ९४ हजार ५०० कित्ता भन्दा ३८ .३० गुणा बढी आवेदन हो।
हाल सम्मको तथ्याङ्क हेर्दा जम्मा ३.०२४ प्रतिसत आर्थत ७९ हजार ४ सय ५० जनाले १० कित्ताको दरले शेयर हात पर्ने देखिन्छ भने बाकि ९७ प्रतिसत आर्थात २५ लाख बढीको हात खालि हुने छ। तर यो अन्तिम तथ्याङ्क भने हैन।
लघुवित्तले ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ जारी गरेको हो। लघुवित्तले निष्काशन गरेको कुल ८ लाख ५० हजार कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात १३ हजार कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ४२ हजार ५०० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ। सर्वसाधारणकालागि बाँकी ७ लाख ९४ हजार ५०० कित्ता शेयरका सुरक्षित गरिएको छ।
हाल लघुवित्तको चुक्ता पूँजी १७ करोड ५० लाख रुपैयाँ रहेको छ भने आईपीओ निष्काशन पश्चात चुक्ता पूँजी २६ करोड रुपैयाा पुग्नेछ ।सो आइपीओमा छिटोमा फागुन ८ गते र ढिलोमा फागुन १८ गतेसम्म आवेदन दिन सकिने भए पनि माग भन्दा बढी आवेदन परेको हुदा आज नै निष्कासन बन्द गरेको छ ।
आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा रेटिङ्ग नेपालले लघुवित्तलाई इक्रा एनपी आईआर डबल बि रेटिङ्ग प्रदान गरेको छ। यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन्।






