×
Lagani
Lagani Shiksha gif
कति होला जाल्पा सामुदायिक लघुवित्त र इमर्जिङ्ग नेपालको आईपीओको ओपनिङ्ग रेञ्ज ?



केहिदिन अघि दुइ कम्पनिको आइपीओ  बाँडफाँट भएसंगै ओपनिङ्ग रेञ्ज कति होला भन्ने चासो लगानीकर्तामा रहेको छ।

आज हामीले लगानीकर्ताको चासो मेटाउन कुन कम्पनीको ओपनिङ्ग रेञ्ज कति हुन्छ भन्ने जानकारी लिएर आएका छौ।

Lagani Shiksha gif
sharehubapk कति होला जाल्पा सामुदायिक लघुवित्त र इमर्जिङ्ग नेपालको आईपीओको ओपनिङ्ग रेञ्ज ?

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड : कम्पनीले केहि दिन अघि मात्रै आइपियो बाँडफाँट गरेको हो। कम्पनीको प्राकासित वित्तिय विवरण अनुसार  कम्पनीको बास्तबिक प्रति शेयर नेटवर्थ रु १६४.६० रहेको छ भने प्रति शेयर आम्दानि २५.०९ रहेको छ।  नेप्सेले कम्पनीको नेटवर्थको आधारमा ओपनिङ्ग रेञ्ज तोक्ने भएको हुदा जाल्पा सामुदायिक लघुवित्तको ओपनिङ्ग रेञ्ज रु १६४.६० देखि रु ४९३.८० हुने सम्भावना रहेको छ।

लघुवित्तको आईपीओमा कुल २७ लाख ९ हजार ८५५ जना आवेदकबाट ३ अर्ब ३१ करोड ४७ लाख १५ हजार रुपैयाँ बराबरको ३ करोड ३१ लाख ४७ हजार १५० कित्ता शेयरको लागि आवेदन परेको थियो ।

त्यस मध्ये १ लाख २२ हजार ४४३ जनाको आवेदन रद्द भएका छन् ।त्यस अनुसार २५ लाख र ८७ हजार ४०० जना योग्य आवेदकबाट ३ करोड ६ लाख ६६ हजार १९० कित्ता शेयरको लागि आवेदन परेको थियो ।

इमर्जिङ्ग नेपाल लिमिटेड:  कम्पनीले सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ हिजो बाँडफाँट गरेको हो । कम्पनीको प्राकासित वित्तिय विवरण अनुसार  कम्पनीको बास्तबिक प्रति शेयर नेटवर्थ रु १०५.११  रहेको छ भने प्रति शेयर आम्दानि रु २.३२ रहेको छ।  नेप्सेले कम्पनीको नेटवर्थको आधारमा ओपनिङ्ग रेञ्ज तोक्ने भएको हुदा इमर्जिङ्ग नेपाल लिमिटेडको ओपनिङ्ग रेञ्ज रु १०५.११ देखि रु ३१५.३३  हुने सम्भावना रहेको छ।

अन्तिम दिनसम्ममा २३ लाख २८ हजार ७ सय ६ जनाले आवेदन दिएका थिए । जसमध्ये, २ हजार ५ सय ५२ जनाकाे रद्द थिए । गाेलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी ५१ हजार ६ सय ७० जनाले १० कित्ता सेयर प्राप्त गरेका छन् ।

यसरी वितरण गरेर बाँकी रहेको ८ कित्ता शेयर भने पुन: सोही मध्येबाट २० कित्ता भन्दा बढी आवेदन दिने ८ जनालाई एक एक कित्ताको दरले बाँडफाँट गरिएको हो । त्यस अनुसार अधिकतम शेयर पाउने आवेदकले ११ कित्ता सम्म शेयर पाएका छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस