×
राष्ट्र उत्थान लघुवित्तको आईपीओमा पर्यो १९ गुणा बढी आवेदन , ग्रीन भेन्चर्सको भने जम्मा ३४१ भरे।



राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणकालागि  निष्काशन गरेको आईपीओमा आवेदनको ओहिरो लागेको छ।

आज बिहान १० बजे सम्म कम्पनीको आईपीओमा  १२ लाख ६४ हजार ६ सय ९३ जना सर्वसाधारणले १ करोड ४९ लाख ८३ हजार २ सय ८०  कित्ताका लागि आवेदन दिएका छन जुन कम्पनीले सर्बसाधारणको लागि निष्कासन गरेको ७ लाख ९४ हजार ५०० कित्ता भन्दा १८.८५  गुणा बढी आवेदन हो।

लघुवित्तले आज देखि  ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ जारी गरेको  हो। लघुवित्तले निष्काशन गरेको  कुल ८ लाख ५० हजार कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात १३ हजार कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ४२ हजार ५०० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ। सर्वसाधारणले बाँकी ७ लाख ९४ हजार ५०० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

हाल लघुवित्तको चुक्ता पूँजी १७ करोड ५० लाख रुपैयाँ रहेको छ भने आईपीओ निष्काशन पश्चात चुक्ता पूँजी २६ करोड रुपैयाा पुग्नेछ ।सो आइपीओमा छिटोमा फागुन ८ गते र ढिलोमा फागुन १८ गतेसम्म आवेदन दिन सकिने भए पनि माग भन्दा बढी आवेदन परेको हुदा ८ गते नै निष्कासन बन्द हुनेछ।   लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा रेटिङ्ग नेपालले लघुवित्तलाई इक्रा एनपी आईआर डबल बि रेटिङ्ग प्रदान गरेको छ। यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन्।

त्यस्तै ग्रीन भेन्चर्स कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानिय बासिन्दाहरुका लागि निष्कासन तथा बिक्री खुल्ला गरेको आईपीओमा आज सम्म ३४१ जनाले आवेदन दिएका छन । उनीहरुले कुल १ लाख १३ हजार १ सय ९० कित्ताको लागि आवेदन दिएका हुन्। जुन कम्पनीले निस्कासन गरेको भन्दा निकै कम हो।

कम्पनीको पहिलाे चरणमा आयोजना प्रभावित क्षेत्र अर्थात खिजिदेम्बा गाउँपालिका-१ (साविक रगनी गा.वि.स.), ओखलढुङ्गा, खिजिदेम्बा गाउँपालिका-२ (साविक रगनी गा.वि.स.), ओखलढुङ्गा, खिजिदेम्बा गाउँपालिका-३ (साविक खिजीचण्डेश्वरी गा.बि.स.), ओखलढुङ्गा, लिखु गाउँपालिका-९ (साविक पोकली गा.वि.स.), ओखलढुङ्गा, लिख तामाकोशी गाउँपालिका-१ (साविक दरागाउँ गा.वि.स.), रामेछाप, लिख तामाकोशी गाउँपालिका-२ (साविक सपु गा.वि.स.), रामेछाप र उमाकुण्ड गाउँपालिका-७ (साबिक भुजि गा.वि.स.) रामेछाप जिल्लाका बासिन्दाहरुका लागि निष्कासन गरेकाे हाे ।

पहिलाे चरणमा जारी पूँजीको १० प्रतिशतले हुने प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँ बराबरको ३१ लाख ५० हजार कित्ता आईपीओ आयोजना प्रभावितको लागि निष्कासन गरेको हो।  कम्पनीको आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापीटल रहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस