×
Lagani
Lagani Shiksha gif
प्रहरी परिचालन गरेर ग्यास वितरण



राजधानी काठमाडौँमा खाना पकाउने ग्यासको अभावलाई सम्बोधन गर्न जिल्ला प्रहरी परिसर काठमाडौँले सघन पहल थालेको छ। यस अभियान अन्तर्गत, शनिबारदेखि प्रहरीको प्रत्यक्ष उपस्थिति र समन्वयमा ५५ वटा ग्यास डिपो मार्फत ग्यास वितरण कार्यलाई व्यवस्थित गरिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी दिलीप घिमिरेका अनुसार, यस विशेष अभियानको पहिलो दिन मात्रै ७ हजार ७३६ सिलिन्डर ग्यास सर्वसाधारण र व्यावसायिक प्रतिष्ठानहरूलाई वितरण गरिएको छ। वितरण गरिएको कुल परिमाणमध्ये ३ हजार १८९ सिलिन्डर सर्वसाधारण उपभोक्ताका लागि र ३ हजार ३९ सिलिन्डर व्यावसायिक प्रयोजनका लागि छुट्याइएको थियो।

Lagani Shiksha gif
sharehubapk प्रहरी परिचालन गरेर ग्यास वितरण

सुकेधारास्थित श्री ग्यास डिपोबाट विशेषतः होटल तथा व्यावसायिक प्रतिष्ठानहरूलाई २ हजार ८ सय सिलिन्डर ग्यास उपलब्ध गराइएको छ भने टोखास्थित जय कालिका ग्यास डिपो मार्फत २३४ सिलिन्डर सर्वसाधारण उपभोक्तालाई बाँडिएको छ।

ग्यासको कालोबजारी नियन्त्रण गर्ने र सहज आपूर्ति सुनिश्चित गर्ने उद्देश्यले काठमाडौँ उपत्यकाभरि सादा पोसाकका प्रहरी टोलीहरूलाई पनि परिचालन गरिएको छ। यस कदमले बजारमा ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने वा अनावश्यक मूल्य वृद्धि गर्ने प्रयासलाई रोक्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस