×
Lagani
Lagani Shiksha gif
विद्युतीय चूह्लो वितरण, गोबर ग्यास प्लान्ट निर्माणमा सहयोग



इच्छाकामना गाउँपालिकाले ग्यासको अभावलाई समाधान गर्ने उद्देश्यका साथ विद्युतीय चूह्लो वितरण कार्यक्रम सुरु गरेको छ।

यसैक्रममा, पालिकाले सुधारिएको चूह्लो तथा गोबर ग्यास प्लान्ट निर्माणमा पनि सहयोग गर्ने जनाएको छ। गाउँपालिका अध्यक्ष दानबहादुर गुरूङका अनुसार, पहिलो चरणमा विद्युतीय चूह्लो वितरणको काम थालिएको छ र सोमवारदेखि वितरण सुरु भएको छ। चैत २ गते इच्छाकामना–५, चैत ३ गते वडा नं ४, चैत ४ गते वडा नं ६ र चैत ५ गते वडा नं ३ मा विद्युतीय चूह्लो वितरण गरिनेछ। पालिकाले स्थानीयवासीको माग अनुसार चूह्लो वितरण गर्ने जनाएको छ। अध्यक्ष गुरूङले विद्युतीय चूह्लो वितरणपश्चात सुधारिएको चूह्लो तथा गोबरग्यास प्लान्ट निर्माणको कामलाई प्राथमिकता दिइने बताए।

Lagani Shiksha gif
sharehubapk विद्युतीय चूह्लो वितरण, गोबर ग्यास प्लान्ट निर्माणमा सहयोग

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (AEPC) को सहयोगमा यो कार्यक्रम कार्यान्वयनमा ल्याउन लागिएको हो। गाउँपालिकाले उपभोक्ताको विवरण सङ्कलन गरी AEPC मा पठाएपछि सोही अनुसार विद्युतीय चूह्लो प्राप्त भई वितरणको तयारी अवस्थामा रहेको अध्यक्ष गुरूङले जानकारी दिए। विद्युतीय चूह्लोमा ७७ प्रतिशत अनुदान दिइएको छ। यसमध्ये ५८ प्रतिशत AEPC, २० प्रतिशत पालिका र बाँकी २२ प्रतिशत उपभोक्ताले बेहोर्नेछन्। सुधारिएको चूह्लोमा उपभोक्ताले ५ प्रतिशत र घरायसी बायोग्यासमा झन्डै १४ प्रतिशत लगानी गर्नुपर्नेछ। वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले देशभरका १५० ओटा स्थानीय तहसँग समन्वय गरेर काम गरिरहेको बताइएको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस