×
Lagani
Lagani Shiksha gif
एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज



एभरेष्ट बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज बिहीबार रहेको छ ।

बैंकले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि शुक्रबार बुकक्लोज गर्दै छ । यसअनुसार बिहीबारसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।

Lagani Shiksha gif
sharehubapk एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

एभरेष्टले लाभांश वितरण गर्न १ पुसमा आफ्नो केन्द्रिय कार्यालय लाजिम्पाटमा २७औँ वार्षिक साधारणसभा आह्वान गरेको छ । सो सभा बिहान १० बजे सुरू हुनेछ । सभामा जुममार्फत सहभागी हुने सेयरधनीलाई मिटिङ आईडी र पासवर्डको व्यवस्था गरिएको छ।

सभामा हाल कायम चुक्ता पुँजीको छ प्रतिशतका दरले बोनस सेयर र सोमा लाग्ने करसहित गरी चार दशमलव ३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ । बैंकको प्रबन्धपत्र संशोधन गर्ने लेखापरीक्षक नियुक्त गर्ने लगायतका विषयमा छलफल हुनेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस