×
Lagani
Lagani Shiksha gif
हमालको कमाल : टाट पल्टिन लागेको कम्पनीले पायो शतप्रतिशत हकप्रद निष्कासन गर्न अनुमति।



नेपाल धिताेपत्र बाेर्डले नारायणी डेभलपमेन्ट बैंक लिमिटेडलाई शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न स्वीकृति दिएको छ।

२०७९ भदौ ९ गते हकप्रद सेयर निष्कासन गर्न अनुमति मागेको कम्पनीलाई बोर्डका अध्यक्ष रमेश हमालले आफ्नो कार्यकालको अन्तिम दिनमा स्वीकृति  प्रदान गरेका हुन्। बैंकले १ः१ को अनुपातमा २६ लाख २४ हजार ६ सय ७६ कित्ता हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएको हो। बैंकले उक्त प्रयाेजनका लागि ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।

Lagani Shiksha gif
sharehubapk हमालको कमाल : टाट पल्टिन लागेको कम्पनीले पायो शतप्रतिशत हकप्रद निष्कासन गर्न अनुमति।

नेप्सेमा सुचिकृत भएको १७ बर्षसम्म पनि लगानीकर्तालाई १ रुपैयाँ लाभांश नदिएको कम्पनीलाई शत प्रतिसत हकप्रद शेयर निष्कासन गर्न दिएर बोर्डका अध्यक्ष हमालले आफ्नो कार्यकालको अन्त्य गरेका हुन्। त्यसोत् खासै कारोबार नहुने उक्त बैंकको शेयर केहि दिनदेखि हाइभोलुममा कारोबार भएको छ। कम्पनीको प्रतिशेयर आम्दानी माइनस ४ दशमलभ ६३ रहॆको छ भने प्रति शेयर नेटवर्थ २९ दशमलभ ४९ रुपैयाँ रहेको छ।

न त् कम्पनीले अहिले सम्म लगानीकर्तालाई लाभांश दिएको छ न त् कम्पनीको अवस्था राम्रो छ। धेरै ठुलो कारोबार नहुने भएपनि चालू आवको पहिलो त्रैमाससम्ममा रू. १ करोड २१ लाख नोक्सानीमा छ । रेटिङ्ग एजेन्सी इक्रा नेपालले कम्पनीलाई [ICRANP-IR] C+ रेटिङ्ग प्रदान गरेको छ जसले कम्पनी टाट पल्टिने जोखिम रहेको जनाउछ।

त्यैपनि हमालले आफ्नो कार्यकालको अन्तिम दिनमा यसको स्वीकृति दिनुमा ठुलो आर्थिक चलखेल हुन् सक्ने अनुमान गर्न सकिन्छ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस