×
Lagani
Lagani Shiksha gif
सिटिजन्स बैंक र दराजबीच छुट सम्झौता



सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र दराज क्यामू प्राइभेट लिमिटेड बिच सिटिजन्स बैंकका ग्राहकहरुलाई दराजमा सामान किन्दा विशेष छुट दिने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

सो सम्झौता पश्चात सिटिजन्स बैंकका कार्डवाहकहरुले हरेक विहिवार दराजमा अनलाइन मार्फत भुक्तानी गर्दा रु ५०० सम्म छुट पाउन सकिनेछ । यसका साथै सिटिजन्स बैंकबाट यही अगस्ट १ तारिख पश्चात नयाँ कार्ड प्राप्त गर्ने ग्राहकहरुले दराजमा प्रथम पटक कारोबार गर्दा समेत थप रु १५० सम्मको भौचर प्राप्त गर्न सकिनेछ ।

Lagani Shiksha gif
sharehubapk सिटिजन्स बैंक र दराजबीच छुट सम्झौता

दराज क्यामुको रोटरी कम्पलेक्स, थापाथली स्थित कार्यालयमा आयोजित उक्त कार्यक्रममा बोल्दै बैंकका मास बैकिंङ्ग अधिकृत रोशन मानन्धरले यस किसिमको सहकार्यबाट सिटिजन्स बैंकका कार्डवाहकहरुलाई फाइदा पुग्नुका साथै कार्डको प्रयोग बढ्ने र डिजिटल सभ्यताको विकास हुने धारणा व्यक्त गरे । सो अवसरमा दराजका प्रमुख संचालन अधिकृत विमल अर्यालले दराज समग्र ईकमर्स क्षेत्रको विकासको लागि प्रतिवद्ध रहेको जनाउदै आगामी दिनहरुमा समेत बैंकसँग सहकार्य गर्दै अगाडी बढ्ने र डिजिटल कारोबारलाई थप प्रवद्धन गर्दै जाने धारणा राखे ।

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा, १४७ वटा ए.टि.एम. ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख  भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस