×
थापाथलीको सुकुमवासी वस्ती हटाउन माग गर्दै मेयर शाहलाई ज्ञापनपत्र



काठमाडौंको थापाथलीस्थित सुकमवासी बस्ती हटाउन माग गर्दै स्थानीयले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई ज्ञापनपत्र बुझाएका छन् ।

स्वतस्फुर्त भेला भएका सर्वसाधारणले हिजो सोमबार ज्ञापनपत्र बुझाएका हुन् । उनीहरूले थापाथलीस्थित बागमती खोलाको किनारामा रहेको सार्वजनिक÷सरकारी जग्गा अतिक्रमण गरी आफूखुशी मनलागी, अशोभाविक एवं अनियन्त्रित रुपमा बसिरहेका कथित सुकुमवासीका कारण खोला प्रदुपषत भएको, राजधानीको सौन्दर्यमा समेत प्रतिकूल असर परेको जनाएका छन् ।

अस्तव्यस्थ बसोबास र दिउँसै खुल्ला रुपमा घरेलु हतियारका कारण राजधनीवासी भयावह र असुरक्षित महशुस गरेको उल्लेख गरेका छन् ।

उक्त बस्तीमा रहेका वास्तविक सुकुमवासीको पहिचान गरी व्यवस्थापन गर्नु पर्ने र सुकुमवासीको नाममा सरकारी जग्गा अतिक्रमण गर्नेलाई कारबाही गर्नुपर्ने उनीहरूको माग छ ।
Gyapanpatra for ktm mahanagar.jpg थापाथलीको सुकुमवासी वस्ती हटाउन माग गर्दै मेयर शाहलाई ज्ञापनपत्र

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस