×
Nepse Bajar Messenger Channel
प्रभु बैंकले कमायो ७७ करोड खुद नाफा



प्रभु बैंकले चालु आव २०७९र८० को पहिलो त्रैमासमा ७७ करोड २९ लाख रुपियाँ खुद नाफा आर्जन गरेको छ ।

बैंकले गत आवको सोही अवधिमा ५७ करोड ७४ लाख रुपियाँ खुद नाफा कमाएको थियो । बैंकद्वारा आज प्रकाशित पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण अनुसार ३० करोड ९३ लाख रुपियाँ वितरण योग्य नाफा कमाएको छ ।

१ खर्ब ७८ अर्ब ६५ करोड रुपियाँ निक्षेप संकलन गरी १ खर्ब ५१ अर्ब ८ करोड रुपियाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा बैंकको खराब कर्जा अनुपात १.६८ प्रतिशत रहेको छ ।

यसैगरी, चालु आवको पहिलो त्रैमासमा बैंकको आधारदर, १०.५१ प्रतिशत, स्प्रेडदर ३।९८ प्रतिशत, सीडी रेसियो ८४.३२ प्रतिशत र प्रतिसेयर आम्दानी २२ रुपियाँ १९ पैसा रहेको आज प्रकाशित वित्तीय विवरणमा उल्लेख छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस