×
Lagani
Lagani Shiksha gif
भर्खरै आईपियो निष्कासन गरेको मन्दाकिनी हाइड्रोपावरको नाफा ९२.१७% बढ्यो।



मन्दाकिनी हाइड्रोपावर लिमिटेडले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण बल्ल सार्वजनिक गरेको छ ।

कम्पनीले सार्बजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीले २ करोड ९० लाख ७६ हजार रुपैयाँ खुद नाफा कमाएको छ जुन अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा ९२ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले १ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

Lagani Shiksha gif

अघिल्लो आवमा विद्युत् बिक्रीबाट कम्पनीको रू. ९ करोड ६५ लाख आम्दानी भएकोमा गत आवमा वृद्धि भएर रू. ११ करोड ३६ लाख पुगेको छ ।  कम्पनीको चुक्ता पूँजी रू. ६ करोड ४६ लाख रहेको छ भने  जगेडामा कम्पनीले रू. २ करोड ९० लाख सञ्चित गरेको छ । त्यसैगरी गत आवमा कम्पनीको  प्रतिशेयर आम्दानी रू. ७ दशमलव ३१ र प्रतिशेयर नेटवर्थ रू. १०० दशमलव ८८ रहेको छ ।

कम्पनीले साउन ९ गतेबाट १२ गतेसम्म ११ करोड ७६ लाख ७ हजार ३०० रुपैयाँ बराबरको आइपीओ जारी गरेको थियो । यसमध्ये  ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोष र २३ हजार ५२१ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी १० लाख ९३ हजार ७४९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था थियो ।

कम्पनीलाई केयर रेटिङ नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने ‘केयरएनपी डबल बी प्लस आइएस’ रेटिङ प्रदान गरेको छ । कम्पनीको आयोजना प्रभावित स्थानीय तर्फको शेयर भने आगमी तीन वर्षसम्म लकइन पिरियडमा रहनेछ ।

1662086224 भर्खरै आईपियो निष्कासन गरेको मन्दाकिनी हाइड्रोपावरको नाफा ९२.१७% बढ्यो।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस